नेपालमा संसदवादीले परिवर्तन ल्याउन सक्दैनन् : नेता सन्देश

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी गुल्मी अर्घाखाँचीले सयुक्त रुपमा केन्द्रीय धोषित कार्यक्रम सङ्गठन सृदृढ तथा विस्तार अभियान २ लाई तीव्रताका साथ अगाडी बढाएको छ । जस अनुसार गुल्मीको धुर्कोट गाउँपालिकामा सङ्गठन सृदृढ तथा विस्तार अभियानलाई सम्बोधन गदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलले नेपालमा संसदीय व्यवस्थाले निकास दिन नसक्ने भन्दै जनता विकल्प खोजीमा रहेको बताएका छन् ।

उनले नेपालमा परिवर्तनको पक्षमा नेपाली जनताको ठूलो त्याग गरेको भएतापनि देशमा नेतृत्व गर्ने निडरहरु नै संसदवादमा परिणत भएकोले नेपालमा नेपाली जनताको आधारभूत आवश्यकता देशको स्वाधीनता जनजीवीका परिवर्तन हुन नसकेकोे बताएका छन् ।

अभियानमा नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, अर्घाखाँची जिल्ला इन्चार्ज कमल केसी, गुल्मी जिल्ला सेक्रेटरी खेम खड्का, लुम्बिनी ब्युुरो सदस्य सामना, लुम्बिनी ब्युरो सदस्य सुनिल चौधरीगायतका जिल्ला स्तरीय नेताहरुको सहभागिता भएका थिए ।

अभियानमा नेपाल कम्युनिस्ट पार्टीले वाल पेन्टिङ्ग, अन्तरक्रिया र भेटघाट कार्यक्रमलाई निरन्तरता दिने अभियानको केन्द्रीय सदस्य सन्देशले माघ ३ गते संयुक्तमा उद्घाटन गरेका थिए । अभियान निरन्तर रुपमा चलिरहने जनाइएको छ ।

२०७५ माघ ८ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :