आस्थाका बन्दीहरु रिहा

Kaski ko dharpakad

काठमाडौं/जेठ २४, कास्की प्रहरीले वैशाख २८ गते लुम्लेबाट ६ जना र तालचोकबाट १ जना गरि ७ जनालाई गिरफ्तार गरि पोखारास्थित रामबजार इलाका प्रहरी कार्यालयमा थुनेको थियो । आस्थाका बन्दीहरु बुधबार पुनरावेदन अदालत कास्कीको आदेशमा रिहा भएका छन् । रिहा हुनेहरुमा विद्यार्थी नेता मिलन राई, शिव क्षेत्री, काजी गुरुङ, प्रवल भण्डारी, सुनिल कुमाल, दिलबहादुर तामाङ र राजकुमार सुनुवार छन् । बन्दीहरुको तर्फबाट निजहरुका कानुनी सल्लाकार, अधिवक्ता गोविन्द पौडेल, तिलक पराजुली, सुरेन्द्र थापा मगरसमेतले बहस गर्नु भएको थियो । न्यायधिसहरु तिलकप्रसाद श्रेष्ठ र बालकृष्ण शर्माको सयुक्त इजालसले बन्दीहरुलाई गैरकानुनी थुनामा राखेकोले थुना मुक्त गर्न आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :