सुकुमबासीलाई उठीबास नगराउन नेकपाको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टी भद्रपुर झापाले सुकुमबासीहरुको बैकल्पिक ब्यवस्थापन नगरीकनै सरकारले सुकुमबासीका घर टहरा भत्काए संघर्ष गर्ने चेतावनी दिएको छ । झापाको भद्रपुर नगरपालिकाको मेची किनारमा बसोबास गरिरहेका सुकुमबासीहरुको ८६ घर टहरा भत्काउनको लागि भद्रपुर नगरपालिकाले सुचना जारी गरेपछि नेकपाले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो । आइतबार नेकपा झापा भद्रपुरका सेक्रेटरी प्रबिण मिश्रले एक बिज्ञप्ति प्रकाशित गर्दै लामो समय देखि त्यस स्थानमा बसोबास गर्दै आएका सुकुमबासी गरिबहरुमाथि नगरपालिकाले यसरी दमन गर्न खोज्नु निन्दनीय कार्य भएको बताउंदै सुकुमबासीहरुको उचित र बैकल्पिक बसोबासको ग्यारेन्टी गरेर मात्र घर भत्काउन भनिएको छ । अहिलेको राज्य दलालको सेवक बनेर गरिब सुकुमबासीहरुको जीवन लथालिङ्ग पार्न उद्धत हुँदै आएको हुनाले यस्तो क्रियाकलापले द्वन्द चर्कने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ –‘सुकुमबासीहरु माथि दमन गर्दा आफ्नो पार्टिले अन्य स्थानमा गरेको जस्तै कडा प्रतिरोध गर्नु पर्ने स्थितिमा आउने छ।’
२०७५ माघ ७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :