प्रचण्डसँग एकदिन जनताले हिसाव लिनेछन : नेता पुन


सल्यान : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले आफनो अभियानमा साथ दिन आम जनतालाई आह्वान गर्दै आफनो पार्टीले अघि सारेको एकिकृत जनक्रान्तिको बाटोबाट बैज्ञानिक समाजवाद स्थापना गर्ने बताएका छन् । नेता पुनले आफनो पार्टी देशको एक मात्र असल कम्युनिस्ट पार्टी भएको बताउदै आफनो पार्टी शसक्त राजनैतिक शक्तिको रुपमा उदाएको स्पष्ट पारे । आइतबार सल्यान ढोरचौरमा सो पार्टीले संचालन गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ को उद्घाटन गर्दै नेता पुनले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता पुनले १० बर्षे जनयुद्घका कमाण्डर प्रचण्डसँग एकदिन जनताले हिसाव लिने बताएका छन् । जनतालाई झुटो आश्वासन दिएर प्रचण्डले युद्घ लडाएको तर उनै जनयुद्धको नेतृत्व गरेका प्रचण्ड लडाईको मैदानबाटै भागेको बताए । झुपडीबाट क्रान्तिको कमाण्डर बनेका प्रचण्ड अहिले महलमा गएर पुँजीवादीसँग रमाइरहेको भन्दै नेता पुनले त्यसको हिसावकिताब आफुहरुले लिने बताए ।
आफुहरु क्रान्तिको जिउँदा योद्धा भएको भन्दै नेता पुनले अब जनताको मुद्दा आफुहरुले समातेर अधुरो क्रान्ति पुरा गर्ने बताएका छन् । आफुहरुले क्रान्ति गर्छौँ भन्दा सरकार त्रसित भएर अहिले धरपकड गर्न थालेको भन्दै नेता पुनले भने– “जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ, सरकारले हाम्रा मान्छेलाई गिरफतार गर्न खोजे अब हामी पनि उनका मान्छे समाउछौँ ।” आफ्नो पार्टी नेकपाले नेपालमा छुट्टै सत्ता बनाएको जानकारी दिदै अव जनताका समस्याहरुको समाधान जनसत्ता मार्फत गर्ने बताए ।
अहिलेको नक्कली कम्युनिस्टहरुको सरकारले कम्युनिस्ट नामको बेइज्यत गरेको भन्दै सरकार भ्रष्ट्राचारमा चुर्लुम्ब डुबेको बताए । दुई महिनासम्म चल्ले ‘सङ्गठन विस्तार तथा सुदृढ अभियान २’लाई व्यापक बनाउने उनको भनाई छ । कार्यक्रमलाई  सम्बाेधन गदैर् युवा सङगठन, नेपालका अध्यक्ष पाटन जङ्गलीले गाउँगाउँमा भएको अनियमित्ता, भ्रष्टाचारलाई नियन्त्रय गरी स्थानीय दलालहरुलाई लखेडन जनतालाई अपिल गरेका छन् । उनले आफनो पार्टीको अभियान सामाजिक दलालहरुका कुकर्म विरुद्ध पनि रहेको भन्दै जनताको हरेक समस्यामा हातेमालो गर्ने अभियान भएकोे बताएका छन् ।
कार्यक्रममा नेकपा सल्यानका इन्चार्ज विश्वले आफनो पार्टीले सुरु गरेको अभियानमा साथ र सहयोग गर्न आम जनतालाई अपिल गरेका छन् । नेकपा सिद्धकुमाख इन्चार्ज गिरदल बस्नेत ‘विश्व’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले गरेका थिए ।

२०७५ माघ ७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :