जनकारबाही गर्ने उद्घोषसहित प्युठानमा अभियान २ उद्घाटन

दलालहरूको सूची तयार हुँदैछ : दीपेश

प्युठान : नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी संचालन गरेको ‘संंगठन सुदृढ तथा बिस्तार अभियान २’ को उद्घाटन कार्यक्रम रोल्पा र प्युठानमा संयुक्तरुपमा गरिएको छ । प्युठान नगरपालिका वडा न ४ मा एक भब्य समारोहका बीचमा अभियान उद्धघाटन भएको हाे । उद्धघाटन समारोलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो ईन्चार्ज दिपेशले अभियानको अवधिमा आम जनतालाई नेकपाको नीति कार्यक्रमबारे जानकारी गराउदै दलाल पुँजीवादी ब्यवस्थाको विरुद्ध भण्डाफोर गर्ने बताए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका दिपेशले आम जनतालाई आफनो पार्टीले संचालन गरेको राजनैतिक अभियानमा साथ र सहयोग गर्न आह्वान पनि गरे । साथै उनले अभियानमा भ्रस्ट दलालहरूकाे सूची तयार गनेर् घाेषणा पनि गरे । कार्यक्रमलाई सम्बोधन गर्दैै भेरि ब्युरो सदस्य तथा जाजरकोट जिल्ला ईन्चाज धमिलले आफनो पार्टीले संचालन गरेको अभियान जनतामाझ लिदै एकिकृत जनक्रान्तिको बाटोबाट बैज्ञानिक समाजवाद स्थापना गरेरै छोडने विश्वास ब्यक्त गरे । कार्यक्रममा प्युठान जिल्ला पार्टीका सल्लाकार तथा सहिदका पिता मोहन गिरि पनि अथिति रुपमा सहभागी थिए । नेकपाका राप्ती ब्युरो सदस्य सुर्यप्रकाशको अध्यक्षता र ब्युरो सदस्य प्रयासको संचालनमा भएको कार्यक्रममा जिल्ला जनसरकार प्रमुख राजेन्द्र राउतले स्वागत मन्तब्य राखेका थिए ।

२०७५ माघ ७ गते सोमबार प्रकाशित

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :