डोटीमा अभियान उद्घाटन

डोटी :नेपाल कम्युनिस्ट पार्टीले यहि माघ १ गतेबाट देशब्यापी संचालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियान डोटीमा माघ ६ गते डोटी को गैरा बजारमा उद्घाटन गरिएको छ । डोटीमा भएको ‘संगठन सुदृढीकरण तथा बिस्तार अभियान २’को उद्घाटन कार्यक्रममा विभिन्न ब्यूरोबाट अभियानमा सहभागी हुन डोटी पुगेका अभियानकर्मीहरुलाई स्वागत गरिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता डोटी इन्चार्ज कमरेड शिखरले गरेका थिए । कार्यक्रमको संचालन सेती ब्युरो सदस्य ध्रुवले गरेका थिए भने स्वागत भाषण एरिया इन्चार्ज धन बहादुरले गरेका थिए। कार्यक्रमलाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष लोक बहादुर पल्लि राना मगर र लुम्बिनी ब्युरो सदस्य खेम घर्तीले सम्बोधन गरेका थिए । वक्ताहरूले नेकपाको संगठन सुदृढीकरण तथा बिस्तार अभियान २ को बारेमा बिस्तृत चर्चा गर्नुका साथै सरकारका रास्ट्रघाती जनघाती र भ्रष्टाचारि क्रियाकलापको बारेमा भण्डाफोर र जनकारबाही गर्ने उदघोष गरेका थिए ।

२०७५ माघ ७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :