वैज्ञानिक समाजवाद स्थापना गर्न अपरिहार्य : नेकपाका नेता सौरभ

  

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ को तेस्रो दिन पुस ३ गते इलामको फाक्फोक थुम गाउँपालिकाको पोखरीमा सामना सांस्कृतिक परिवारको बेजोड प्रस्तुति सहितको जनसभा सम्पन्न भएको छ ।


कार्यक्रमलाई अभियान टोलीका प्रमुख तथा पार्टी पोलिट ब्युरो सदस्य सौरभले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा पिबिएम् सौरभले नेपालमा काङ्गेस, एमाले र पछिल्लो चरणमा माओवादीको एउटा हिस्सा प्रचण्ड–बाबुरामले क्रान्तिमा धोका दिएकाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको झण्डा उठाएको र त्यसमार्फत नै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने दाबी गरे ।
नेता सौरवले भनेका छन्, ‘हामी युद्ध हैन शान्ति र क्रान्ति चाहन्छौँ तर दलाल सत्ताले देशमा जबर्जस्त युद्ध लाद्दै छ । हामी दलाल सत्ताले लाद्न खोजेको गृहयुद्धको सशक्त प्रतिकार गर्छौ र अन्यायपूर्ण युद्धको अन्त क्रान्तिकारी युद्धमार्फत गर्न चाहन्छौँ । नेपालमा दलाल संसदीय पुँजीवादी व्यवस्था पूर्णरुपले असफल भैसकेकोले अब बिकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य र अपरिहार्य भैसकेको छ ।’

सभालाई ईलामका जनसरकार प्रमुख छिरिङले पनि सम्बोधन गर्दै अब दलाल सत्ताका बिकल्पमा जनसत्ताले जनताको न्याय, सेवा, सुरक्षा र विकाशमा हस्तक्षेप गर्ने बताएका थिए ।
कार्यक्रममा सामना परिवारका संयोजक सरल माझी, पूर्वी कमान्ड कार्यालय सदस्य याम लिम्बू, जनकपुर र सगरमाथा ब्युरोबाट सहभागी अभियन्ता जनक, वरिष्ट मिश्र र पविनलगायत मेची ब्युरोका अभियान कर्मीहरुको सहभागिता रहेको थियो भने पार्टीको ध्रुवीकरणमा पुराना वामपन्थी नरबहादुर सिवा सामेल भएका छन् ।

कार्यक्रमको ईलाम जिल्ला पार्टीका इन्चार्ज सर्व श्रेष्ठको अध्यक्षता, सामना परिवारका सह–संयोजक आरोह नेपालीको सञ्चालन र ईलाम जिल्ला पार्टी सदस्य बिमलको स्वागत मन्तव्य दिएका थिए ।

२०७५ माघ ५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :