कैलालीमा सरकारविरूद्ध विशाल विरोध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल कैलालीले टीकापुरमा विशाल प्रदर्शन गरेको छ ।
उक्त सङ्गठनले सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारी र केपी–प्रचण्ड गठबन्धन सरकारविरुद्ध जिल्लाको सदरमुकाममा शुक्रबार विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज विवेक कुमाल, युवा सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेश, भूमिहीन सुकुमबासी सङ्घका केन्द्रीय उपाध्यक्ष मिनराज गिरीलगायत नेताहरुले सम्बोधन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज कुमालले वर्तमान केपी वली नेतृत्वको सरकार गठन भएको केही महिनामै भ्रष्टाचार अन्त्य गर्ने बताए पनि त्यो आफ्नै मन्त्रीहरुले भ्रष्टाचार गर्दासमेत कारबाही नगरेको बताएका छन् ।

उनले संघीयताको नाममा जनप्रतिनिधिहरू जनतामाथि कर थोपरेर छोटे राज्य खडा गर्दै विलासी जीवन बिताउन लागेको बताउँदै जनतामाथि बढ्दो महँगीको मार थोपरेको पनि बताए ।

अन्य वक्ताहरूले संविधानमा समाजवादउन्मुख भनिए पनि त्यसको आधारभूत आधारहरु तयार नपारेको दाबी गर्दै लाखौँ युवाहरूलाई विदेशमा बेचिरहेको बताए ।  तीन हजारभन्दा बढी युवाको सहभागिता रहेको कार्यक्रममा कलाकारको बेजोड प्रस्तुति रहेकाे थियो ।

२०७५ माघ ४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :