अछाममा युवाहरुको विरोध प्रर्दशन

 

अछाम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारीका बिरुद्ध अछामको सदरमुकाम मंलसेनमा  विरोध प्रदर्शन गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा अछाम इन्चार्ज शेरबहादुर विश्वकर्माले अहिलेको व्यवस्था पूर्णरुपमा असफल भैसकेकाे बताएका छन् । उनले भने, ‘विद्यमान सामाजिक दलाल पुजीवादी व्यवस्था असmल भैसकेको छ यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्छ ।’

उनले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि आम जनसमुदायले आफ्नो पार्टीलाई म्याण्डेट दिएको र त्यसलाई पूरा गरिछाड्ने बताए ।
त्यस्तै कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य चट्टानन, अछाम जिल्लाका जिल्ला सचिवालय सदस्य तथा जनसरकार निरक शाही र युवा सङ्गठन नेपालका अछाम जिल्ला अध्यक्ष ईन्द्र सावद लगायत अन्य पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो ।
२०७५ माघ ४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :