बलात्कारी ठहर स्ववियुका नेता पक्राउ

काठमाडौँ : बलात्कारी ठहर भएका तात्कालीन माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को तर्फबाट महेन्द्र संस्कृत विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका तुल्सिपुरका विष्णु चौधरी पक्राउ परेका छन् ।
अर्धभूमिगत अवस्थामा रहेका उनलाई प्रहरीले दाङको तुल्सिपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । न्यायधीश गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको २०७३ फागुन ३० को इजलासले उनलाई दोषी ठहर्याएको थियो ।

२०६५ चैत्र १५ गते विजौरीका विना शर्मा(नाम परिवर्तन)लाई बलात्कार गरी लुटपाट गरेका ठहर गर्दै १० वर्षको कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो ।

२०७५ माघ ४ शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :