आस्थाका बन्दीलाई अभिनन्दन

chitawan riha

 भीमबहादुर खड्का/चितवनः जेठ २३, नेपाल कम्युनिष्ट पार्टी चितवनको एक कार्यक्रममा स्थानीय चुनाव खारेजी अभियानमा सशक्तरुप लाग्नु भएका अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष क. कृष्ण परियार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की जिल्ला अध्यक्ष क. विष्णु कोइराला, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का तामसालिङ व्यूरो इन्चार्ज क. लोकनाथ पाण्डे, ने.क.पा. चितवनका १ नं इलाका सेक्रेटरी जय बहादुर कुँवर, अखिल नेपाल महिला संघ चितवनकी उपाध्यक्ष टीका न्यौपाने ने.क.पा. का जिल्ला सदस्य मित्र केसी, डि.सि.एम. क. तिल कुमार श्रेष्ठ, डि.सि.एम. क. सिसम शाही हरुलाई ने.क.पा.का तामसालिङ व्यूरो इन्चार्ज क. आधार ले अविर र खादा लगाई सम्मान गर्नुभएको छ । उक्त कार्यक्रममा र ने.क.पा.का चितवन जिल्ला इन्चार्ज क. लाल बहादुर वि.सि., व्यूरो सदस्य क. ध्रुव खडका, अखिल कान्तिकारीका केन्द्रीय उपाध्यक्ष क. लाल बहादुर तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :