माघ ५ गते सुर्खेत बन्द हने

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीले आगामि माघ ५ गते सुर्खेत बन्दको घोषणा गरेको छ । नेकपा सुर्खेतका इन्चार्ज ध्रुव र सेक्रेटरी यमराजले बुधबार विज्ञप्ति जारी गरेर बन्दको घोषणा गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको भेरी व्युरो सदस्य गोविन्द योगी र अखिल (क्रान्तिकारी)का सुर्खेत जिल्ला अध्यक्ष कमलसिंह बुढाको रिहाइको माग गर्दै उक्त पार्टीले बन्द घोषणा गरेको हो ।

बुढा र योगीलाई गत पुस २२ गते बाटोमा हिडिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो । नेकपााले यस अघि पुस २३ गते पनि विज्ञप्ति निकाले दुबै जनाको रिहाइको माग गरेको थियो । तर उक्त माग पुरा नभएको र लामो समयसम्म बिनाकारण आफ्नो पार्टीका नेताहरुलाई हिरासतमा राखेकोले बन्द घोषणा गरिएको जानकारी इन्चार्ज ध्रुबले दिएका छन् ।

उनीहरुले माघ ५ गतेको बन्द सफल पार्न सबैलाई सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।
यस्तै अखिल (क्रान्तिकारी)ले पनि गिरफ्तार परेका आफ्नो संगठनका सुर्खेत अध्यक्ष कमलसिंह बुढा र पार्टीका व्युरो सदस्य गोविन्द योगीको रिहाइको माग गरेको छ ।

अखिल (क्रान्तिकारी)का भेरी व्युरो संयोजक पुष्प न्यौपानेले पनि विज्ञप्ति निकाले बिना सर्त रिहाइको माग गरेका छन् ।

२०७५माघ ३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :