पर्वतमा बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु, ३८ घाइते

पर्वत : पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् ।
बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको समाचार प्राप्त भएको छ ।

२०७५ माघ ३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :