पत्रकार गणेश विक रिहा

काठमाडौँ : साइपालपोष्ट डटकमका प्रबन्ध सम्पादक गणेश विक रिहा भएका छन् । २०७५ पुस १९ गते चैनपुरबाट प्रहरीले पक्राउ गरेका उनलाई बुधबार अदालतको आदेशपछि रिहा गरिएको हो ।

पत्रकार विकलाई बझाङमा घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔसधको कारोबार हुने गरेकोबारे समाचार साईपल पोष्ट डटकममा प्रकाशित भएको विषयलाई लिएर पक्राउ गरेको थियो ।

उनलाइ ‘विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३’ पछ्याउँदै मुद्दा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । सोही मुद्दामाथि बुधवार जिल्ला न्यायाधिश मात्रिका प्रसाद पोखरेलको एकल इजलासमा भएको बहसपछि विक रिहा भएका हुन् ।

विकको गिरफ्तार छापा तथा प्रकाशन ऐन र प्रेस काउन्सिल नेपाल ऐन विपरीत रहेको भन्दै नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन लगायत पेशागत संगठनहरुले व्यापक विरोध गर्दै आइरहेको छ ।

प्रकाशित समाचारबारे गुनासो र असन्तुष्ट भएमा प्रेस काउन्सिलमा उजुरी दिन सक्ने कानूनी प्रावधान हुँदाहुँदै राज्यले विद्युतीय कारोबारअन्तर्गतको कानूनलाई अगाडि सार्दै आइरहेको भन्दै प्रेसजगतले विरोध जारी राखिराखेको बेला पत्रकार विक अनुसन्धानको लागि भन्दै लामो समय हिरासतमा राखिएपछि रिहा भएका हुन् ।

विकको पक्षमा अधिवक्ता कपिल चन्द्र पोख्रेल, कान्ति ढुंगाना लगायतले बहस गरेका थिए ।

२०७५ माघ २ गते बुधबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :