पश्चिम कमान्डमा अभियान उद्घाटन अभियान, टोलीलाई कहिल्यै नओइलाउने मखमली फूलले स्वागत

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीले माघ १ गतेदेखि सञ्चालन गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ पश्चिम कमान्डमा पार्टीका स्थायी समिति सदस्य र अन्तर्राष्ट्रिय ब्युरो इन्चार्जसमेत रहेका पश्चिम कमान्ड इन्चार्ज कञ्चनले सुर्खेतको पूर्वी भेगबाट दर्जनौँ नेता–कार्यकर्ताको माझामा उद्घाटन गरेका छन् ।

देशभरबाट अभियानमा समावेश हुने र देशका अन्य भागहरूमा यो कमान्डबाट जाने नेता–कार्यकर्ताहरूलाई कहिल्यै नओइलाउने मखमली पूmलका गुच्छाहरूले स्वागत र बिदाइ गर्दै कञ्चनले अभियान उद्घाटन गर्दै वैचारिक–राजनीतिक प्रशिक्षण पनि दिएका थिए । उक्त अवसरमा देशभरबाट राजनीतिक अभियानमा जम्मा भएका नेता–कार्यकर्ताहरूको ठूलो जमघट थियो ।

पश्चिम कमान्ड इन्चार्ज कञ्चनले ‘अहिले नेपाली जनताको उत्पीडन गर्ने दलाल पुँजीवादी सत्ताको विकल्पपछि पनि जनतामाथि दमन र उत्पीडन गर्ने दलाल पुँजीवादी सत्ता नै नहुने’ र ‘अहिलेको सामाजिक दलाल पुँजीवादी सरकारको विकल्प पनि सामन्ती तथा पुँजीवादी दलाल सरकार नहुने’ बताएका थिए ।

सरकारले देशमा चर्को कर, महँगी, अकूत भ्रष्टाचार, चरम उत्पीडन थोपरिरहेको अवस्थामा जनता आजित बनेको र त्यसको विकल्प सत्ताधारीहरूले नै मन्त्री वा प्रधानमन्त्री बदलेर वा संसद्वादी पार्टीहरूले सरकारमा सामाजिक दलाल पुँजीवादी पार्टीको सरकारको स्थानमा सामन्ती दलाल पुँजीवादी पार्टीहरू बदलेर दिन खोजेको भन्दै कञ्चनले भने, ‘जबसम्म देशले स्वाधीनता, सार्वभौमिकता र स्वतनत्रता पूर्ण रूपले प्राप्त गर्न सक्दैन तबसम्म दलाल पुँजीवादी सत्ताभित्र बदलिने कुनै पनि सरकार वा पार्टीको नेतृत्वले जनताको हितमा काम गर्न सक्दैन ।’

देशको पुँजीको विकास बजेटको दुरुपयोगको चर्चा गर्दै उनले भने, ‘दलाल पुँजीवादी सत्ता रह“दासम्म देशमा राष्ट्रिय पुँजीको विकास हुन सक्दैन । राष्ट्रिय उद्योगहरू स्थापना हुन सक्दैनन् । जनताका लागि आर्थिक उत्रति हुन सक्दैन । राष्ट्रिय पुँजीपतिहरू फस्टाउन सक्दैनन् । किसान, मजदुर, महिला र देशको उत्पीडित वर्गले मुक्ति प्राप्त गर्न सक्दैनन् ।’ सत्तामा हुने परिवर्तनले समाज र संस्कृतिमा कसरी परिवर्तन ल्याउ“छ भत्रे प्रसङ्गको चर्चा गर्दै उनले देशमा महान् जनयुद्धले विस्थापित गरेका खराब प्रवृत्ति र कुरीतिहरू खराब संसदीय सत्ताका कारण फर्किएको उल्लेख गरे । उनले भने, ‘देशमा उच्च मनोबल, सभ्य संस्कृति, अनुकरणीय सभ्यता र अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्न अहिले देशले सरकारको परिवर्तन होइन, सत्तामा परिवर्तनको माग गरेको छ । देशले दलाल पुँजीवादी सत्ताको अन्त्य चाहेको छ र त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था चाहेको छ ।’

अभियानमा सहभागी पार्टीका केन्द्रीय सदस्यहरू, ब्युरोका सदस्यहरू र जिल्लाका सदस्यहरूलाई जनताका आधार क्षेत्रहरूमा पुनः पार्टीलाई विस्तार गर्ने, सहरहरूमा जनताका आवाजहरू घन्काउने र दलाल पुँजीवादी सत्ताभित्र बनेको सामाजिक दलाल पु“जीवादी सरकारले गरेका राष्ट्रघात, जनविरोधी काम, भ्रष्टाचार, महँगी, तस्करी, महिला बेचबिखन, माथिल्लो कर्णादी, अरुण तीन, कोसी उच्च बा“ध, माथिल्लो मस्र्याङ्दी दुईलगायत देशका तमाम प्राकृतिक सम्पदा विदेशीलाई सुम्पने षड्यन्त्र, राष्ट्रिय पुँजीपतिहरूलाई कङ्गाल बनाउने, युवाहरूलाई बेरोजगार बनाउने, जनतालाई भूमिहीन तथा सुकुमबासी बनाउने प्रक्रियाका विरुद्ध सशक्त भण्डाफोर गर्न नेता कञ्चनले अपिल गरे । यो अभियानका क्रममा वैज्ञानिक समाजवाद र त्यसको आवश्यकताका बारेमा जनचेतना पैदा गर्न र त्यसको प्राप्तिका लागि सङ्घर्ष गर्ने नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध गराउन उनले निर्देशन पनि दिए ।

अभियानमा आफू पनि जनताकै बीचमा रहने र पार्टीलाई नियमित रूपमा परिचालित गर्ने नेता कञ्चनले बताए ।

त्यस्तै पार्टी पोलिटब्युरो सदस्य रणवीरले अभियानको टोलीलाई प्रशिक्षण गर्दै सबै पार्टी नेतार कार्यकर्ताले निर्भीक भएर जनताको बीचमा सङ्गठन गर्नुपर्ने बताए । पोलिटब्युरो सदस्य रणवीरले प्रशिक्षण दिँदै भने, ‘महान् मानिस त्यही हुन्छ जसले अतिरिक्त श्रम गर्न सक्छ । देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् काममा सबै नेता–कार्यकर्ताले अतिरिक्त श्रम गर्नु पर्नेछ ।’

अभियानको उद्घाटन, स्वागत तथा बिदाइ कार्यक्रमको अध्यक्षता कमान्ड सदस्य तथा पार्टीका केन्द्रीय सदस्य शङ्कर खड्काले गरेका थिए । सञ्चालन कमान्ड सदस्य तथा केन्द्रीय सदस्य शीतलले गरेका थिए भने स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा कमान्ड सदस्य कमरेड हिमालले गरेका थिए ।

२०७५ माघ २ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :