थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटमा नेपालको सान्दार जीत

काठमाडौँ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराउँदै नेपालको सान्दार जीत भएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ३।३ ओभरमा पुरा गर्दै जित हात पार्न सफल भएको हो। नेपालका लागि ममता कुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापाले ५ र डोली भट्टले २ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली नेपाली बलरसामू निरिह बन्दै १९ रनमा समेटिएको थियो। योसँगै लगातार चार खेलमा जित निकालेको नेपाल समूह विजेताको रूपमा समिफाइनला पुगेको छ । प्रतियोगिताको मिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स युएइ यसअघि नै प्रवेश गरिसकेका थिए । समूह उपविजेताका रूपमा युएई सेमिफाइनलमा पुगेको छ । जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले चारै खेलमा जित हात पार्दै ८ अङ्क जोडेको छ ।

२०७५  माघ २ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :