हँसिया–हथौडा अङ्कित झन्डा हस्तान्तरण गरेर अभियान आरम्भ

 

काठमाठौँ : नेकपा पूर्वी कमान्डअन्तर्गत जनकपुर ब्युरोमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ भव्य रूपले उद्घाटन भएको छ । सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका ५ नाङ्गेडाँडास्थित विद्यालय (नेकपाका सल्लाहकार समितिका अध्यक्ष असारे काकाको गाउँ) मा नेकपाका पोलिटब्युरो सदस्य एवम् पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्यमा अभियान उद्घाटन भएको हो ।

जनकपुर ब्युरो अभियान टोलीकी कमान्डर रहेकी पार्टी पोलिटब्युरो सदस्य उमा भुजेललाई प्रमुख अतिथि विरही, सहिद सरिता गिरीकी आमा जानुका गिरी, सहिद जया दाहालकी आमा तारा दाहाललगायतले हँसिया–हथौडा अङ्कित झन्डा हस्तान्तरण गरेर अभियान उद्घाटन गरिएको थियो । कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रीय सदस्य देवनारायण शाहले गरेका थिए ।

२०७५ माघ १ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :