सर्वहारा समाजवाद–३

गताङ्कबाट क्रमशः
सामाजिक जीवनमा पनि पहिले बाह्य अवस्थाहरू फेरिन्छन्, पहिले भौतिक स्थिति फेरिन्छ अनि तदनुसार मानसिहरूका विचारहरू, उनीहरूका बानी, रीतिरिवाज र उनीहरूका दृष्टिकोण फेरिन्छन् ।
त्यसैले माक्र्स भन्नुहुन्छ, ‘मानिसहरूको चेतनाले उनीहरूको सत्तालाई निर्धारित गर्दैन, बरु त्यसको उल्टो, उनीहरूको सामाजिक सत्ताले उनीहरूको चेतनालाई निर्धारित गर्छ ।’
हामी भौतिक पक्ष, बाह्य अवस्थाहरू सत्ता र त्यस्तै खालका अन्य परिघटनाहरूलाई अन्तर्वस्तु भन्न सक्छौँ भने मानसिक पक्ष, चेतना र त्यस्तो खालका अन्य परिघटनाहरूलाई रूप भन्न सक्छौँ । यसबाट नै सुप्रसिद्ध भौतिकवादी प्रस्थापना पैदा भयो ः विकासको प्रक्रियामा अन्तर्वस्तु रूपभन्दा अघि रहन्छ, रूप अन्तर्वस्तुभन्दा अघि पर्छ ।
माक्र्सको विचारमा, आर्थिक विकास सामाजिक जीवनको ‘भौतिक जग’ हो, त्यसको अन्तर्वस्तु हो र कानुनी राजनीतिक तथा धार्मिक दार्शनिक विकास उक्त अन्तर्वस्तुको ‘विचारधारात्मक रूप’ हो, त्यसको ‘अधिरचना’ हो । त्यसैले माक्र्स कुन निष्कर्ष निकाल्नुहुन्छ भने ‘आर्थिक जग फेरिएपछि सम्पूर्ण विशाल अधिरचनाको थोरबहुत छिटोसित रूपान्तर हुन्छ ।’

यसको अर्थ अवश्य पनि के होइन भने माक्र्सको विचारमा अन्तर्वस्तु रूपबिना सम्भव छ, जस्तो कि स. जी. ले ठानेका छन् । (हेर्नुहोस्– नोबाटी, नं. १ ‘अद्वैतवादको आलोचना’) । बिनारूप अन्तर्वस्तु असम्भव छ तर मुख्य कुरा के भने कुनै खास रूप, आफ्नो अन्तर्वस्तुभन्दा पछि पर्ने हुनाले त्यो कहिल्यै पनि उक्त अन्तर्वस्तुको पूर्णतः अनुरूप रहँदैन । त्यसैले नयाँ अन्तर्वस्तु आपूmलाई केही समयका लागि पुराना रूपमा राखिछाड्न ‘बाध्य’ रहन्छ र यसले गर्दा तिनका बीच द्वन्द्व उत्पन्न हुन्छ । उदाहरणका लागि वर्तमान समयमा उपजको अपहरणको रूप जसको स्वरूप निजी छ, उत्पादनको सामाजिक अन्तर्वस्तुको अनुरूप छैन र यो नै वर्तमान समयको सामाजिक द्वन्द्वको आधार हो ।

अर्कोतिर चेतना सत्ताको एउटा रूप हो भन्ने विचारको अर्थ आफ्नो स्वभावैले चेतना पनि भौतिक तत्व हो भन्ने होइन । अशिष्ट भौतिकवादीहरूको (उदाहरणार्थ, बुच्चर मोलेस्चोटको) मात्र त्यस्तो विचार थियो, उनीहरूका सिद्धान्तहरू माक्र्सको भौतिकवादको आधारभूत रूपभन्दा विपरीत छन् र एङ्गेल्सले लुड्विक फायरबाखमा ठीकसित उनीहरूको धज्जी उडाउनुभएको छ । माक्र्सको भौतिकवादअनुसार चेतना र सत्ता विचार र भौतिक तत्व एउटै त्यस परिघटनाका दुई भिन्नाभिन्नै रूप हुन् जसलाई सामान्य रूपमा प्रकृति वा समाज भनिन्छ । त्यसैले तिनले एकअर्काको निषेध गर्दैनन्, न त ती एउटै परिघटना हुन् । कुरो के मात्र हो भने प्रकृति र समाजको विकासमा चेतना अर्थात् हाम्रो हामीभन्दा बाहिरको चीजमा परिवर्तन हुन्छ, कुनै खास भौतिक परिवर्तनलाई पछ्याउँदै, ढिलो वा चााँडो, एक मिल्दो वैचारिक परिवर्तन अनिवार्य रूपमा हुन्छ ।
हामीलाई के भनिन्छ भने प्रकृति र समाजको इतिहासमा लागू गर्दा उपयुक्त कुरा सायद साँचो रहन्छ । तर वर्तमान समयमा हाम्रो दिमागमा विभिन्न धारणा तथा विचारहरू कसरी उत्पन्न हुन्छन् त ? के तथाकथित बाह्य अवस्थाहरू साँच्चिकै विद्यमान छन् वा के उक्त बाह्य अवस्थाहरूको अस्तित्व छ भने तिनीहरू कति हदसम्म देख्न सकिने र बुझ्न सकिने खालका छन् ?

गत सम्बन्धमा भौतिकवादी सिद्धान्त के भन्छ भने हाम्रा धारणाहरू, हाम्र्रो ‘स्वतन्त्र’ त्यहाँसम्म मात्र रहन्छन् जहाँसम्म हाम्रो स्वत्वमा प्रभाव पैदा गर्ने बाह्य अवस्थाहरू रहन्छन् । हाम्रा धारणाहरूबाहेक अर्को कुनै चीजको अस्तित्व छैन भनेर जसले सोचविचार नगरीकन भन्छ, उसलाई सबै बाह्य अवस्थाहरूको अस्तित्व अस्वीकार गर्न कर लाग्छ । त्यसैले उसले अरू सबै मानिसहरूको अस्तित्वलाई अस्वीकार गरेर आफ्नै ‘स्वत्व’ को मात्र अस्तित्व मान्नुपर्छ जुन कुरा मूर्खतापूर्ण छ र विज्ञानका सिद्धान्तहरूको पूरै विपरीत छ ।
स्पष्ट रूपमा, बाह्य अवस्थाहरूको वास्तविक अस्तित्व विद्यमान छ ती अवस्थाहरू हामीभन्दा पहिले नै थिए र हामीभन्दा पछि पनि रहनेछन् । जति धेरैपटक र जति बढी बलियोसित तिनले हाम्रो चेतनामा प्रभाव पार्छन् त्यत्तिकै बढी सजिलोसित ती देख्न एवम् बुझ्न सकिने हुन्छन् ।
वर्तमान समयमा हाम्रो दिमागमा विभिन्न धारणा र विचारहरू कसरी उत्पन्न हुन्छन् भन्ने सवालका सम्बन्धमा, हामीले कुन कुरा बुझ्नुपर्छ भने यहाँ प्रकृति र समाजको इतिहासमा हुने कुराको सारांश पुनरावृत्ति हुन्छ । यस मामिलामा पनि हामीले धारणा बनाउनुभन्दा पहिले नै वस्तु रहेको हुन्छ, बाहिर रहेको वस्तुकै विषयमा हामीले भित्री मनमा धारणा बनाएका छौँ । हामीले बनाएको धारणाअनुसार त्यस वस्तुको बाहिरी रूप हुन्छ । अतः वस्तुको अन्तर्वस्तुभन्दा हाम्रो धारणा पछाडि परेको हुन्छ । जब म रूखलाई हेरेर देख्दछु । त्यसले के मात्र देखाउँछ भने रूखसम्बन्धी धारणा मेरो दिमागमा उत्पन्न हुनुभन्दा पहिले नै त्यो रूख रहेको थियो र मेरो दिमागमा उक्त धारणा त्यो रूखले नै जगाएको थियो.. ।
माक्र्सको भौतिकवादी सिद्धान्तको सङ्क्षिप्त सार त्यसप्रकारको छ ।
मानवजातिको व्यावहारिक क्रियाकलापका लागि भौतिकवादी सिद्धान्तको महत्वलाई सजिलैसित बुझ्न सकिन्छ ।
पहिले आर्थिक अवस्थाहरू फेरिन्छन् र मानिसको चेतनामा पछि सोहीअनुरूप परिवर्तन हुन्छ भने हामीले कुनै खास विचारको आधारलाई मानिसहरूको दिमागमाा होइन, उनीहरूको कल्पनामा होइन, बरु उनीहरूको आर्थिक अवस्थाको विकासमा खोज्नुपर्छ भन्ने कुरो स्पष्ट रहन्छ । त्यो विचार आर्थिक अवस्थाको अध्ययनमा आधारित रहन्छ र त्यो मात्र असल एवम् स्वीकारयोग्य हुन्छ । आर्थिक अवस्थालाई बेवास्ता गर्ने र विकासमाथि आधारित नरहने विचारहरू बेकम्मा र अस्वीकारयोग्य हुन्छन् ।
भौतिकवादी सिद्धान्तबाट निकालिनुपर्ने पहिलो व्यावहारिक निष्कर्ष त्यही हो ।

मानिसको चेतना, बानी र चालचलन बाह्य अवस्थाद्वारा निर्धारित हुन्छन् भने, कानुनी तथा राजनीतिक रूपहरूको असुहाउँदोपन आर्थिक अन्तर्वस्तुमाथि आधारित रहेको हुन्छ भने, कुन कुरो स्पष्ट छ भने हामीले आर्थिक सम्बन्धहरूमा आमूल परिवर्तन ल्याउन मद्दत गर्नुपर्छ जसले गर्दा उक्त परिवर्तनसँगै मानिसहरूका बानी तथा चालचलनमा, उनीहरूको राजनीतिक व्यवस्था आमूल परितर्वन ल्याउन सकियोस् ।
यस सम्बन्धमा कार्ल माक्र्स भन्नुहुन्छ –

‘समाजवादीसित… भौतिकवादको आवश्यक अन्तर्सम्बन्ध देख्न कुनै ठूलो सामथ्र्यको दरकार छैन । मानिस यथार्थ जगत्बाट आफ्नो सारा ज्ञानको रचना गर्छ भने … त्यसबाट कुन कुरो निस्कन्छ भने व्यावहारिक जगत्लाई यसरी व्यवस्थित पार्नुपर्छ जसले गर्दा उसले यसमा साँच्चिकै मानवीयताको अनुभव गरोस् ऊ मानिसका रूपमा आपूmलाई अनुभव गर्नमा अभ्यस्त बनोस् …। मानिस भौतिकवादी अर्थमा स्वतन्त्र छैन अर्थात् कुनै कुरालाई पन्छाउन सक्ने नकारात्मक शक्तिको कारणबाट होइन, बरु आफ्नो सच्चा वैयक्तिकता स्थापित गर्ने सकारात्मक शक्तिको कारणबाट स्वतन्त्र छ भने तब अपराधका लागि व्यक्तिहरूलाई सजाय दिइनु हुँदैन, बरु अपराध जन्माउने समाजविरोधी स्थानहरूलाई ध्वस्त पारिनुपर्छ …। परिस्थितिले मानिसलाई बनाउँछ भने परिस्थितिको निर्माण मानवीय ढङ्गले गरिनुपर्छ (हेर्नुहोस्– लुडविक फायरबाख, परिशिष्ट ‘अठारौँ शताब्दीको फ्रान्सेली भौतिकवादको इतिहासबारे, कार्ल माक्र्स’) ।

(ग) सर्वहारा समाजवाद

अब हामी माक्र्सको सैद्धान्तिक धारणाबाट अवगत रहेका छौँ ः हामी उहाँको तरिका र उहाँको सिद्धान्तबाट पनि अवगत छौँ । उक्त धारणाबाट हामीले कस्ता व्यावहारिक निष्कर्षहरू निकाल्नुपर्छ ?
द्वन्द्वात्मक भौतिकवाद र सर्वहारा समाजवादका बीच कस्तो सम्बन्ध रहेको छ ?
द्वन्द्वात्मक तरिका के भन्छ भने जुन वर्ग दिनप्रतिदिन बढिरहेको हुन्छ जुन वर्ग हमेसा अघिल्तिर लम्कन्छ र अधिक राम्रो भविष्यका लागि निरन्तर रूपमा लड्छ त्यो वर्ग मात्र अन्त्यसम्म प्रगतिशील हुन सक्छ । त्यस वर्गले मात्र दासत्वको बन्धनलाई चकनाचुर पार्न सक्छ । हामी के देख्छौँ भने सहरी तथा ग्रामीण सर्वहारावर्ग नै त्यस्तो एक मात्र वर्ग हो जसको लगातार वृद्धि हुँदैछ जो सधैँ अघिल्तिर लम्कन्छ र भविष्यका निम्ति लड्दैछ । तसर्थ हामीले सर्वहारावर्गको सेवा गर्नुपर्छ र त्यसमाथि आफ्नो आशा राख्नुपर्छ ।
माक्र्सको सैद्धान्तिक धारणाबाट निकाल्नुपर्ने पहिलो व्यावहारिक निष्कर्ष उपयुक्त हो ।
तर जताततै सेवाको कुरो गरिन्छ । सर्वहारावर्गलाई समाजवादबारे बिर्सन आग्रह गर्ने बन्र्सटिन पनि त्यसको ‘सेवा गर्छन् ।’ छरिएको र कुनै व्यापक औद्योगिक आधार नभएको सामुदायिक ‘समाजवाद’ प्रदान गर्ने क्रोपोत्किन पनि सर्वहारावर्गको सेवा गर्छन् । आधुनिक विशाल मात्राको उद्योगको व्यापक जगमा आधारित सर्वहारा समाजवाद अपनाउन सर्वहारावर्गलाई आह्वान गर्ने कार्ल माक्र्स पनि त्यसको सेवा गर्नुहुन्छ ।
हाम्रो क्रियाकलाप सर्वहारावर्गका लागि फाइदाजनक बनाउन हामीले के गर्नुपर्छ ?

भौतिकवादी सिद्धान्त के भन्छ भने कुनै खास विचार मुलुकको आर्थिक विकासको विपरीत छैन भने, त्यसले उक्त विकासका खाँचोहरूको पूर्ण रूपले परिपूर्ति गर्छ भने मात्र, त्यो विचार सर्वहारावर्गका लागि प्रत्यक्ष रूपले लाभदायक हुन सक्छ । पुँजीवादी व्यवस्थाको आर्थिक विकासले देखाउँछ भने वर्तमान समयको उत्पादनले सामाजिक स्वरूप लिँदैछ र उत्पादनको सामाजिक स्वरूप विद्यमान पुँजीवादी सम्पत्तिको एक आधारभूत निषेध हो । त्यसैले हाम्रो मुख्य कार्यभार पुँजीवादी सम्पत्तिको एक आधारभूत निषेध हो । त्यसैले हाम्रो मुख्य कार्यभार पुँजीवाद सम्पत्तिको उन्मूलन गर्नमा र समाजवादी सम्पत्तिको स्थापना गर्नमा मद्दत गर्नु रहन्छ । त्यसको अर्थ के भने समाजवादलाई बिर्सिदिन आग्रह गर्ने बर्नस्टिनको सिद्धान्त आर्थिक विकासको खाँचोहरूको आधारभूत रूपले विपरीत छ– त्यो सर्वहारावर्गका लागि हानिकारक छ ।

फेरि पुँजीवादी व्यवस्थाको आर्थिक विकासले के देखाउँछ भने वर्तमान समयको उत्पादन दिनपरदिन विस्तारित हुँदैछ र त्यो वैयक्तिक नगर र प्रान्तहरूको सीमाभित्र रहेको छैन, बरु त्यसले उक्त सीमाहरूलाई निरन्तर नाघेर सम्पूर्ण राज्यको इलाकालाई समेटेको छ । त्यसैले हामीले उत्पादनको विस्तारको स्वागत गर्नुपर्छ र छुट्टाछुट्टै नगर र समुदायहरूलाई होइन, बरु सम्पूर्ण राज्यको सारा तथा अविभाज्य इलाकालाई जुन भविष्यमा अवश्य पनि झन्झन् फैलिनेछ भाबी समाजवादको आधार मान्नुपर्छ । यसको अर्थ के हो भने छुट्टाछुट्टै नगर तथा समुदायहरूको सीमाभित्र भाबी समाजवादलाई सीमित पार्ने क्रोपोत्सिकनद्वारा समर्पित सिद्धान्त उत्पादनको शक्तिशाली विस्तारको हितको विपरीत छ– त्यो सर्वहारावर्गका लागि हानिकारक छ ।

मुख्य लक्ष्यका रूपमा व्यापक समाजवादी जीवनका लागि सङ्घर्ष गर– यसरी हामीले सर्वहारावर्गको सेवा गर्नुपर्छ ।
माक्र्सको सैद्धान्तिक धारणाबाट निकाल्नुपर्ने दोस्रो व्यावहारिक निष्कर्ष उपयुक्त हो ।
स्पष्ट रूपमा, सर्वहारा समाजवाद द्वन्द्वात्मक भौतिकवादबाट निस्कने स्वाभाविक निष्कर्ष हो ।
सर्वहारा समाजवाद भनेको के हो त ?
वर्तमान व्यवस्था पुँजीवादी व्यवस्था हो । यसको अर्थ के हो भने संसार दुई विरोधी शिविरहरूमा अर्थात् मुठीभर पुँजीपतिहरूको शिविर र बहुसङ्ख्यक अर्थात् सर्वहाराहरूको शिविरमा विभाजित रहेको छ । सर्वहाराहरू दिनरात काम गर्छन् तर तिनीहरू गरिब रहन्छन् । पुँजीपतिहरू काम गर्दैनन् तर तिनीहरू धनी छन् । यसो हुनाको कारण सर्वहाराहरू अबुझ र पुँजीपतिहरू प्रतिभाशाली भएर होइन, बरु कारण के भने पुँजीपतिहरू सर्वहाराहरूको श्रमको फलको अपहरण गर्छन्, पुँजीपतिहरू सर्वहाराको शोषण गर्छन् ।

सर्वहाराको श्रमको फल पुँजीपतिहरूले अपहरण गर्नाको कारण के हो ? किन पुँजीपतिहरू सर्वहाराहरूको शोषण गर्छन् र सर्वहाराहरू पुँजीपतिहरूको शोषण गर्दैनन् ?
किन ? किनभने पुँजीवादी व्यवस्था वस्तु उत्पादनमाथि आधारित रहेको छ । यहाँ हरचीजले वस्तुको रूप लिन्छ सर्वत्र किनबेचको सिद्धान्तको दबदबा छ । यहाँ तपाईंले उपभोगका सामानहरू मात्र होइन, खाद्य उपजहरू मात्र होइन, मानिसहरूको श्रमशक्ति, उनीहरूको रगत र उनीहरूको आत्मा पनि किन्न सक्नुहुन्छ । पुँजीपतिहरूलाई यो सब थाहा छ र उनीहरू सर्वहाराहरूको श्रमशक्ति किन्छन्, तिनीहरूलाई भाडामा लिन्छन् । यसको अर्थ के भने पुँजीपतिहरू आपूmले किनेको श्रमशक्तिका मालिक बन्छन् । तर सर्वहाराहरू आपूmले बेचेको श्रमशक्तिमा आफ्नो अधिकार गुमाउँछन् । अर्थात् उक्त श्रमशक्तिबाट पैदा गरिएको चीजमा सर्वहाराहरूको अधिकार रहँदैन, त्यसमा पुँजीपतिको अधिकार हुन्छ र त्यो उनीहरूको गोजीमा जान्छ । आफ्नो बेचिएको श्रमशक्तिबाट तपाईंले एक दिनमा १०० रुबलको मूल्य पैदा गर्न सक्नुहुन्छ तर त्यो तपाईंलाई मतलब हुन्छ र ती मालहरू उसका हुन् । तपाईंले पाउने कुरा तपाईकंो दैनिक ज्याला हो जुन ज्याला तपाईं किफायती ढङ्गले रहनुभयो भने सायद तपाईंका आवश्यक श्रमशक्ति किन्छन् तिनीहरू सर्वहाराहरूलाई भाडामा लिन्छन् र त्यही कारणले गर्दा पुँजीपतिहरू सर्वहाराको शोषण गर्छन् र सर्वहाराहरू पुँजीपतिहरूको शोषण गर्दैनन् ।

तर सर्वहाराको श्रमशक्ति किन्ने पुँजीपति हुनाको खास कारण के हो ? किन पुँजीपतिहरूले सर्वहारालाई भाडामा लिन्छन् र सर्वहाराहरू पुँजीपतिलाई भाडामा लिँदैनन् ?
किनभने पुँजीवादी व्यवस्थाको मुख्य आधार उत्पादनका औजार तथा साधनमाथि निजी मालिकत्व हो किनभने कारखाना, मिल, जमिन, खनिज पदार्थ, वन, रेलमार्ग, यन्त्र र उत्पादनका अन्य साधनहरू मुठीभर पुँजीपतिहरूको निजी सम्पत्ति बनेका छन् किनभने सर्वहाराहरूसित ती सब छैनन् । त्यसैले पुँजीपतिहरू कारखाना र मिलहरू चलाउन सर्वहाराहरूसित ती सब छैनन् । त्यसैले पुँजीपतिहरू कारखाना र मिलहरू चलाउन सर्वहारालाई भाडामा लिन्छन् । उनीहरूले त्यसको नगरेमा, उनीहरूका उत्पादनका औजार तथा साधनले कुनै नाफा पैदा गर्दैनन् । त्यसैले सर्वहाराहरू पुँजीपतिलाई आफ्नो श्रमशक्ति बेच्छन् । नबेचेको खण्डमा उनीहरू भोकभोकै मर्नेछन् ।

माथिको कुराले पुँजीवादी उत्पादनको सामान्य स्वरूपमा प्रकाश पार्छ । प्रथमतः कुन कुरा स्वयम्सिद्ध छ भने पुँजीवादी उत्पादन एकताबद्ध र सङ्गठित हुन सक्दैन र त्यो वैयक्तिक पुँजीपतिहरूका निजी व्यवसायहरूमा विभाजित रहन्छ । दोस्रो कुरा के पनि स्पष्ट छ भने उक्त छितरिएको उत्पादनको तत्कालीन उद्देश्य जनताका खाँचोहरूको पूर्ति गर्नु होइन, बरु पुँजीपतिहरूको नाफा बढाउनका लागि बिक्री गर्ने सामानहरू उत्पादन गर्नु हो । तर प्रत्येक पुँजीपतिले आफ्नो नाफा बढाउन खोज्ने भएकाले, प्रत्येकले सकेसम्म धेरै परिमाणमा सामान उत्पादन गर्न खोज्छ र फलस्वरूप बजारमा प्रचुर मात्रामा सामना थुप्रिन्छन्, मोल घट्छ र सामान्य सङ्कट देखापर्छ ।
यसरी सङ्कट, बेरोजगारी, उत्पादनको स्थगन, उत्पादनको अराजकता र त्यस्तै कुराहरू वर्तमान समयको असङ्गठित पुँजीवादी उत्पादनका प्रत्यक्ष परिणाम हुन् ।
उक्त असङ्गठित सामाजिक व्यवस्था अझसम्म दरोसित टिकेर र सर्वहारावर्गका हमलाहरूसामु अझसम्म दरोसित रहेको मुख्य कारण के हो भने पुँजीवदी राज्य एवम् पुँजीवादी सरकारद्वारा त्यसको संरक्षण गरिएको छ ।
वर्तमान समयको पुँजीवादी समाजको आधार उपयुक्त हो ।

भाबी समाजको निर्माण एकदमै भिन्न आधारमा गरिनेछ भन्ने कुरामा कुनै शङ्का हुन सक्दैन ।
भाबी समाज समाजवादी समाज हुनेछ । त्यसको अर्थ मुख्य रूपमा के हो भने त्यस समाजमा कुनै वर्गहरू हुने छैनन्, त्यहाँ न पुँजीपतिहरू हुनेछन् न सर्वहाराहरू । त्यसैले त्यहाँ कुनै शोषण हुनेछैन । त्यस समाजमा सामूहिक श्रममा लाग्ने कामदारहरू मात्र हुनेछन् ।
भाबी समाज समाजवादी समाज हुनेछ । त्यसको अर्थ के पनि हो भने शोषणको उन्मूलनसँगै वस्तु उत्पादन र किनबेचको पनि उन्मूलन हुनेछ र त्यसैले त्यहाँ श्रमशक्तिको किनबेचका लागि, मालिक र भाडावाल मजदुरका लागि कुनै ठाउँ हुनेछैन । त्यहाँ स्वतन्त्र कामदारहरू मात्र हुनेछन् ।
भाबी समाज समाजवादी समाज हुनेछ । त्यसको अर्थ अन्तिममा, के हो भने त्यस समाजमा ज्यालादारी श्रमको उन्मूलनसँगै उत्पादनका औजार तथा साधनहरूमाथिको निजी मालिकत्वको पूर्ण उन्मूलन हुनेछ, त्यहाँ न गरिब सर्वहाराहरू हुनेछन् न धनी पुँजीपतिहरू– त्यहाँ त्यस्ता कामदारहरू हुनेछन् जो सारा जमिन तथा खनिज पदार्थहरू, सारा वन, सारा कारखाना तथा मिलहरू सारा रेलमार्गहरू आदिका सामूहिक मालिक रहन्छन् ।
यसरी भविष्यमा उत्पादनको मुख्य उद्देश्य पुँजीपतिहरूको नाफा बढाउन बिक्रीका लागि वस्तुहरूको उत्पादन गर्नु हुनेछैन, बरु समाजका खाँचोहरूको पूर्ति गर्नु हनेछ । त्यहाँ वस्तु उत्पादनका लागि, नाफाका निम्ति, सङ्घर्षका लागि कुनै स्थान रहनेछैन ।
कुन कुरो पनि स्पष्ट छ भने हामी उत्पादन समाजवादी ढङ्गले सङ्गठित ज्यादै विकसित उत्पादन हुनेछ, त्यसले समाजका खाँचोहरूलाई ध्यानमा राख्नेछ र समाजलाई चाहिने जति पैदा गर्नेछ । छितरिएको उत्पादन, होडबाजी, सङ्कट वा बेरोजगारीका लागि त्यहाँ कुनै स्थान रहनेछैन ।
जहाँ वर्गहरू हुँदैनन्, जहाँ धनी वा गरिब हुँदैनन्, त्यहाँ राज्यको खाँचो रहँदैन, त्यहाँ त्यस्तो राजनीतिक सत्ताको पनि खाँचो रहँदैन, जसले गरिबलाई दबाएर धनीको रक्षा गर्छ । त्यसैले समाजवादी समाजमा राजनीतिक सत्ताको अस्तित्वका लागि कुनै आवश्यकता रहनेछैन ।
त्यसैले कार्ल माक्र्सले १८४६ मा नै भन्नुभएको थियो –
‘आफ्नो विकासका क्रममा मजदुरवर्गको पुरानो पुँजीवादी समाजको ठाउँमा त्यस्तो संस्थाको स्थापना गर्नेछ जसले वर्गहरू र तिनको वैरभावलाई बहिष्कार गर्नेछ र राजनीतिक सत्ता भन्न सकिने कुनै चीज त्यहाँ रहनेछैन …।’ (हेर्नुहोस्– दर्शनको गरिबी)
त्यसैले एङ्गेल्सले १८८४ मा भन्नुभएको थियो –
‘राज्य अनन्त कालदेखि रहेको थिएन । बिनाराज्यले काम चलाएका, राज्य र राज्यशक्तिसम्बन्धी कुनै धारणा नभएका समाजहरू रहेका छन् । आर्थिक विकासको कुनै खास चरणमा, जुन चरण समाजको वर्गहरूमा विभाजनसित आवश्यकीय रूपले गाँसिएको थियो, त्यस चरणमा राज्य र आवश्यकता बन्यो… अब हामी उत्पादनको विकासमा छिटोसित त्यस चरणनजिक पुग्दैछौँ जसमा उक्त वर्गहरूको अस्तित्व आवश्यकता बन्न छाड्ने मात्र होइन, बरु उत्पादनका लागि एक सकारात्मक तगारो बन्नेछ । पहिलो चरणमा जति अनिवार्य रूपबाट तिनको उत्पत्ति भएको थियो त्यति नै अनिवार्य रूपबाट तिनको पतन हुनेछ । तीसँगै राज्यको पनि अनिवार्य रूपमा पतन हुनेछ । जुन समाजले उत्पादकहरूको स्वतन्त्र तथा समान मेलका आधारमा उत्पादनको सङ्गठन गर्नेछ त्यसले सम्पूर्ण राज्यहरूलाई चर्खा र ढलौटे बन्चरोनिर पुरातात्विक सङ्ग्रहालयमा हालिदिनेछ ।’
(हेर्नुहोस् – परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति)
त्यसका साथै कुन कुरा स्वतः स्पष्ट छ भने सार्वजनिक मामिलाहरूको सञ्चालनका लागि समाजवादी समाजमा सबै प्रकारको सूचना सङ्कलन गर्ने स्थानीय कार्यालयहरूका अतिरिक्त, एउटा केन्द्रीय तथ्याङ्क समिति हुनुपर्नेछ । जसले सम्पूर्ण समाजका खाँचोहरूबारे सूचना जम्मा पार्नेछ र तदनुसार श्रमिक जनतामा विभिन्न खालको कामको वितरण गर्नेछ । सम्मेलनहरू र खास रूपले महाधिवेशनहरू गर्नु पनि आवश्यक हुनेछ र तिनका निर्णयहरूलाई अर्को महाधिवेशन नहुन्जेलसम्म अल्पमतमा परेका साथीहरूले निश्चय नै मान्नुपर्नेछ ।

अन्त्यमा, कुन कुरा स्पष्ट छ भने स्वतन्त्र र मैत्रीपूर्ण श्रमको फलस्वरूप भाबी समाजवादी समाजमा सबै आवश्यकताको पूर्ति त्यत्तिकै मैत्रीपूर्ण र पूरा रूपमा हुनेछ । त्यसको अर्थ के हो भने भाबी समाजले आफ्नो प्रत्येक सदस्यबाट उसले गर्न सक्नेजति श्रमको अपेक्षा गरेको हुन्छ भने त्यसले आफ्ना तर्फबाट प्रत्येक सदस्यलाई चाहिने सबै उपजहरू पु¥याउनुपर्छ । प्रत्येकबाट उसको सामथ्र्यअनुसार प्रत्येकलाई उसका आवश्यकताहरूअनुसार यस आधारमा नै भाबी सामूहिकतावादी समाजको रचना गरिनुपर्छ । भन्नै नपर्ने कुरो के हो भने समाजवादको पहिलो चरणमा जब काम गर्ने बानी नपरिसकेका तत्वहरूलाई नयाँ जीवनपद्धतिमा तान्ने काम भइरहनेछ, जब उत्पादक शक्तिहरूको पर्याप्त मात्रामा विकास पनि भइसकेको हुनेछैन र जब फोहोर र सफा कामहरू गर्नुपर्ने स्थिति रहनेछ, ‘प्रत्येकलाई उसका आवश्यकताहरूअनुसारको सिद्धान्तको प्र्रयोगमा निःसन्देह ठूलो बाधा पर्नेछ र फलस्वरूप समाजले सामयिक रूपमा बाध्य भएर कुनै अर्को बाटो, मध्यम, बाटो समात्नुपर्नेछ । तर कुन कुरा पनि स्पष्ट छ भने जब भाबी समाज आफ्नै जीवनपद्धतिका आधारमा चल्छ, जब पुँजीवादका अवशेषहरू निर्मूल भइसक्नेछन्, तब समाजवादी समाजसित मिल्ने एक मात्र सिद्धान्त माथि देखाइएको सिद्धान्त नै हुनेछ ।

त्यसैले माक्र्सले १८७५ मा भन्नुभएको छ–
‘कम्युनिस्ट (अर्थात् समाजवादी) समाजको उच्च चरणमा, जब व्यक्तिलाई श्रम विभाजनको दास बनाउने स्थिति र त्यससँगै मानसिक र शारीरिक श्रममाझको विरोध बिलाइसकेको हुन्छ, जब श्रम जीविकाको साधन मात्र होइन, बरु जीवनको प्राथमिक आवश्यकता पनि बनिसकेको हुन्छ जब व्यक्तिको सर्वाङ्गीण विकाससँगै उत्पादक शक्तिहरूको पनि वृद्धि भइसकेको हुन्छ… अनि मात्र पुँजीवादी अधिकारको साँगुरो घेरालाई पूरैसित नाघ्न सकिनेछ र समाजले आफ्नो ध्वजामा ‘हरेकबाट उसको सामथ्र्यअनुसार हरेकलाई उसका आवश्यकताहरूअनुसारको सिद्धान्त कुँद्न सक्नेछ ।’
(हेर्नुहोस् गोथा कार्यक्रमको आलोचना)

याे पनि पढ्नुहेस्

क्रमशः

२०७५ पुस २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!