ट्रेडयुनियन महासङ्घद्वारा कडा चेतावनी

काठमाडौँ  : लाहुरे सेक्युरिटीमार्फत श्रमिक आपुर्ती गरि काममा लगाएको गोल्छा अर्गनाइजेसन (बजाज)ले दुइ दर्जन भन्दा बढी सेक्युरिटीहरुलाई कटौती गर्ने देखिएको छ । यसैक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घका काठमाडाँै जिल्ला अध्यक्ष नारायण तोलाङ्गीले उक्त गैरन्यायिक कदमको भत्र्सना गरेका छन् । अध्यक्ष नारायण तोलाङ्गीले आइतबार प्रेस विज्ञप्ति जारी सम्पुर्ण सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।

महासङ्घ अन्तरगत रहेको अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी सङ्घले यसअघि नै लाहुरे सेक्युरिटी लगायत सम्बन्धित रोजगारदाताहरुलाई ध्यानाकर्षण पत्र पठाएको थियो ।

करिव १० बर्ष देखि बजाजमा आपूर्तिकर्ता ठेकेदार कम्पनी लाहुरे सेक्युरिटीको सम्झौता रहेको र यहि मिति २०७५र०९र३० पश्चात सम्झौता समाप्त हुने बताइन्छ ।

विज्ञप्तिमा ‘संविधान निशृत श्रम तथा रोजगारीका पक्षलाई प्रभावित गर्नेगरी, प्रचलित श्रम ऐन ०७४ को परिच्छेद ११ विपरित सेक्युरिटीहरुलाई काममा लगाइएको र रोजगारदाता पक्षका बिचमा कानुनत आवश्यक सम्बन्ध कायम नरहँदा आज श्रमिकहरुले रोजगारी अन्त्यको मार ब्यहोर्नुपरेको’ भन्दै उक्त सङ्गठनले भत्सर्ना प्रकट गरेको हो ।

लाखौँ मजदुरहरुको नेतृत्वदायी सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घले मजदुरलाई न्याय दिलाउन सशक्त सङ्घर्षको अबलम्बन गर्ने चेतावनी दिएको छ । साथै मजदुरका जायज माग तत्काल सम्बोधन गर्न अनुरोध पनि गरेको छ ।

कार्यरत करिव २६ जना सेक्युरिटीहरु सम्बन्धित बिषयको निवेदन सहित श्रम कार्यलय पुगेको पनि बताइएको छ ।

२०७५ पुस ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :