बुद्विजीवी सङ्गठनको अन्तरकृया

दैलेख : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्विजीवी सङ्गठन कर्णाली ब्युरोको आयोजनामा “जनताको चाहाना र देशको वर्तमान अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।  शनिबार दैलेख जिल्ला सदरमुकाममा भएको अन्तरकृयामा बोल्दै नेकपा नेता तथा व्युरो सदस्य संगमले सबैको धारणा दस्तावेजीकरण गरि आन्दोलनको एकीकृत पार्नु पर्ने समय आएको बताए ।

कार्यक्रममा बुद्विजीवी सङ्गठनका महासचिव व्यापक नेपालीले जनयुद्व र जनआन्दोलनबाट प्राप्त उपलब्धि समेत केहि नेताहरूको गद्दारीका कारण संस्थागत हुन नसक्दा जनताले परिवर्तनको अनुभूती गर्न नसकेको धारणा राखेका थिए ।

कार्यक्रममा सत्तारूढ दल नेकपा प्रदेश समितका सदस्य सुर्यबहादुर शाही,राप्रपा जिल्ला सदस्य राम व थापा, राष्ट्रिय जनमोर्चाका लक्ष्मी रेग्मी, पुर्व सभासद भरत रेग्मी, दैलेख वारका प्रतिनिधि सर्पराज जोशी, मानव अधिकार सङ्गठनका अध्यक्ष दिर्घराज अधिकारी, सिल्पी समाजका अध्यक्ष बखत नेपाली लगायत पत्रकार, सञ्चार कर्मी लगायत विभिन्न पेशागत व्यक्तित्व महाननुभावहरुको सहभागी ता मा विषयगत अन्तरकृया नेपाली जनताको चाहाना देशको वर्तमान अवस्था विषयगत अवधारणा पत्र मा व्यक्तिगत धारणा सहभागी सवैले राखेका थिए ।

कार्यक्रममा नेकपा दैलेख जिल्ला सचिव विश्व, अनेरास्ववियु (क्रान्तिकारी)का कर्णाली संयोजक प्रकाश विक लगायत सहभागी थिए । 

कार्यक्रमको सङ्गठनका केन्द्रीय सदस्य तथा कर्णाली संयोजक धनराज शाहीको अध्यक्षता, पदम विकले सञ्चालन गरेका थिए ।

२०७५ पुस २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :