महिला सङ्घ क्रान्तिकारी नवलपुरको छैटौँ सम्मेलन

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी नवलपुर जिल्लाको पुस २४ गते जिल्ला सम्मेलन सम्पन्न भएको छ । 

नेकपा सम्मेलनले आषमती सौमको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष नरम्दा रानाभाट, सचिव प्रभा, सह–सचिव लक्ष्मी ठगुना, कोषाध्यक्ष लक्ष्मी महत्तो रहेको जानकारी ममता विकले दिएकी छिन् ।

सम्मेलनलाई प्रमुख अतिथि जुजारू, विशेष अतिथि सुमन र ममता विकले नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन दिंदै महिला हिंसाको विरोध गरेकी थिइन् ।

आषमती सौमले अध्यक्षता, नरम्दा रानाभाटको सञ्चालनमा स्वागत मन्तव्य ओम कुवरले गरेकी थिइन् ।


त्यसैगरी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सेती ब्युरोको ४ महिने अभियान पुस २५ गते कैलालीको मसुरियामा भब्यताका साथ उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रमलाई भीषण सम्बोधन गर्दै महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य विपना मल्लले महिला मुक्तिका साथै सिंगो समाज परिवर्तनको लागि बलिदानिपूर्ण सङ्घर्षमा हुमिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

२०७५ पुस २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :