किसान महासङ्घ (क्रान्तिकारी)ले दियो कृषी मन्त्रालयलाई ज्ञापनपत्र

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) रुपन्देहीले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत कृषी मन्त्रालयमा आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ ।

४१ बुँदामा उल्लेख गरिएको सो ज्ञापनपत्र बुझाउदैं अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष सोमनाथ शर्माले सरकारले पछिल्लो समय किसानहरुलाई दिने सहुलियतमा कमी गरेको र किसानहरुलाई हतोत्साहित गरी भारतीय आयातलाई प्रोत्साहित गर्दा किसानहरु मर्कामा परेको बताए । अध्यक्ष सोमनाथले, ‘किसानहरुलाई गोपी, टमाटर उत्पादन गर्दछन्, माछा पाल्छन्, कुखुरा पाल्छन्, तर हाम्रो विक्रि हुन्न भारतीय बजारबाट ल्याएर उपभोग हुन्छ्,’ भन्दै त्यसलाई रोकथामको लागी अबैध बस्तुहरु अवैध ढंगबाट नेपाल भित्रने विषयलाई समेत रोक्न पहल गर्न जोडदार माग गरेका थिए ।

ज्ञापनपत्र बुझेर छिटो कृषी मन्त्रीलाई पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पछिल्लो समय उत्पादनमुखी जग्गाहरु प्लटिङ हुन छोडेको र कृषीप्रति किसानहरु उत्साहित भएर लागेको बताए ।

किसानहरुको हितको लागी मलखाद, उत्पादनलाई प्रोत्साहित गराउन दिएको दबाबमुलक ज्ञापनपत्रप्रति निकै सकारात्मक रहेका रानाले सबैले आफ्नो ठाउँबाट उत्पादनमा जोडिन जरुरी रहेको बताए ।

कार्यक्रममा किसान सङ्गठनका जिल्लातहका केही नेताहरु, अखिल (क्रान्तिकारी)का ब्युरो संयोजक विरेन्द्र विक, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य रमेश गैरे लगायतको समेत उपस्थित रहेको थियो । यसैगरी यस्तै ज्ञापनपत्र सबै जिल्लाहरुमा बुझाइएको अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का लुम्बिनी ब्युरो इन्चार्ज कर्ण सेनले जानकारी दिएका छन् ।

२०७५ पुस २७ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :