दैलेखमा नेकपाको अभियान तीव्र

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको दैलेख जिल्ला समितिले सङ्गठन विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ । सोही क्रममा जिल्लाको वेस्तण बजारमा जिल्ला पार्टीले बिहीबार एक कोणसभाको आयोजना गरिएको छ ।

‘संगठन सुदृढ तथा विस्तार अभियान–२०७५’ अन्तर्गत स्थानीयमाझ अन्तक्रिया समेत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रवि बिसीले राज्य सञ्चालक नै खराब भएकोले जनताले जीवन बर्वादीमा परेको बताए । त्यसलाई समृद्धिको मार्ग डोहोर्याउन वैज्ञानिक समाजवादी व्यवस्था मात्र एक विकल्प भएको बताए । राज्यको चरित्र खराब र भ्रष्ट भएकैले नेपाल कम्युनिस्टको जन्म भएको उनको भनाई छ ।

देशमा यतिखेर प्रतिक्रान्ति चलेको बताउँदै त्यसले लुटतन्त्रको जगजगी भएको र ईमान्दार राजनीति पार्टी, मध्यम वर्ग, किसान, महिला, दलित, जनजाति, मजदुरको अधिकार खोसिएको नेता बिसीले बताए ।

वैज्ञानिक समाजवाद प्राप्तिका निम्ति पार्टीले जारी राखेको एकीकृत जनक्रान्तिलाई साथ दिई सामेल हुन समेत उनले अपिल गरे । ‘वैज्ञानिक समाजवाद स्थापना गरौं, दालल संसदीय व्यवस्था खारेज गरौं’ भन्ने नारा लिखित व्यानरमा कार्यक्रम सम्पन्न भएको थियो ।

सभामा अतिथि संगम, जिल्ला सेक्रेटरी विश्व, अनेम संघ क्रान्तिकारीकी कर्णाली अञ्चल संयोजक शान्तिको उपस्थिति रहेको थियो । कार्यक्रमलाई अतिथि वक्ताहरु संगम, विश्व, शान्तिले सम्बोधन गरेका थिए । सभा सञ्चालन नेता पदम विकले गरेका थिए ।

२०७५ पुस २७ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :