दलित मोर्चा कैलालीको चौथो सम्मेलन सम्पन्न


काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा कैलाली जिल्लाको चौथो जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, नेकपा कैलालीका इन्चार्ज विवेकलगायत नेताहरूले सम्बोधन गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डम्बरबहादुर विकले देशमा बढ्दो हत्या, हिंसा, बलात्कार, जातीय छुवाछूत र विभेदको विरोध गरे । उनले संसदीय दलाल राज्यसत्ताले आम जनसमुदायमाथि हरेक किसिमको उत्पीडनमा पारेकाले दलित समुदायका पक्षमा कुनै पनि काम गर्न नसक्ने ठोकुवा गरे । अध्यक्ष विश्वकर्माले सम्पूर्ण विभेद अन्त्यका लागि आफ्नो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा हुँदै वैज्ञानिक समाजवादले मात्र हल गर्ने दाबी गरे ।
सम्मेलनले मधुसूदन राजवंंशीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्ष नरेन्द्र विक, सचिव बिनु नेपाली, सहसचिव मन नेपाली, कोषाध्यक्ष लालबहादुर विक रहेका छन् ।

२०७५ पुस २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :