पत्रकार विकलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : पत्रकार गणेश विकलाई पक्राउ गर्नुको कारण लिखित जबाफसहित शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गृह मन्त्रालयलगायत विपक्षीहरूका नाममा जारी आदेशमा न्यायाधिवक्ताको कार्यालयमार्फत बन्दी उपस्थित गराउन आदेश जारी गरेको हो ।

पत्रकार जितेन्द्र महर्जनले पुस २४ गते दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहसपछि उक्त आदेश भएको हो । बहसमा रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कपिलचन्द्र पोख्रेलले बहसपैरवी गरेका थिए ।

पत्रकार विकलाई पुस १९ गते बझाङ सदरमुकाम चैनपुरबाट गिरफ्तार गरी साइबर क्राइमको अभियोग लगाएर २१ गतेदेखि काठमाडौँको टेकु हिरासतमा राखिएको छ ।

२०७५ पुस २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :