जयगोविन्द साहको स्मृति दिवस

सिराहा : नेपाल कम्युनिस्ट पार्टी सिराहाले जयगोविन्द साहको २९औँ स्मृति दिवस मनाएको छ । बुधबार सिराहाको गोलबजार सम्पन्न स्मृति सभामा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल थिए । नेकपाका केन्द्रीय सदस्य तथा मधेसी मुक्तिमोर्चा नेपालका अध्यक्ष देवनारायण शाह, नेकपा जनकपुर ब्युरोका आर्थिक विभाग प्रमुख पवन महतो पनि स्मृति सभामा सहभागी थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि रहेका नेकपाका जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले कम्युनिस्ट आन्दोलनमा जयगोविन्द साहले देखाएको बाटोमा दृढतापूर्वक नेपाल कम्युनिस्ट पार्टी अघि बढेको बताए । त्यसैगरी मधेसी मुक्तिमोर्चा नेपालका अध्यक्ष देवनारायण शाहले जयगोविन्द साहले सधैभरी देश, जनता, किसान, मजदुर र गरि खाने वर्गको पक्षमा लडेको बताए । नेकपा सिरहा जिल्ला सेक्रेटरी साहसको अध्यक्षता, सम्पन्न स्मृति सभाको सञ्चालन धर्मीरामले गरेका थिए ।

२०७५ पुस २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :