एक वर्ष पछि इमान जेल मुक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सक्रिय सदस्य ईमानबहादुर थिङ १ बर्ष पछि जेल मुक्त भएका छन् । २०७४ मङ्सिर ६ गते बुधबार गिरफ्तार गरिएका थिङ शुक्रबार रिहा भएका हुन् ।

जेल मुक्त भएका थिङलाई नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका सेक्रेटरी ‘वाटर’, जनसरकार प्रमुख सुर्य लगायतका नेताहरुले फुलमाला लगाई स्वागत गरेका थिए । तत्कालीन जनयुद्धको बेला जनमुक्ति सेनामा रहेका थिङ हाल नेपाल कम्युनिस्ट निकट रहेका छ्न् । नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएकै कारण प्रशासनले आफुलाई गिरफ्तार गरेको भन्दै थिङले अब जेल मुक्त भएसँगै एकीकृत जनक्रान्तिमा निरन्तर लाग्ने बताएका छन् ।

२०७५ पुस २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :