पत्रकार विकलाई ५ दिन म्याद थप

काठमाडौँ : पत्रकार गणेश विकलाई ५ दिनको म्याद थप गरेको छ । बझाङमा घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔसधको कारोबार हुने गरेकोबारे समाचार साईपल पोष्ट डटकममा प्रकाशित भएको विषयलाई लिएर यही पुस १९ गते चैनपुरबाट प्रहरीले विकलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई गत शनिबार बझाङबाट काठमाडौंल्याई महानगरिय प्रहरी परिसर, टेकुमा राखिएको छ । उनलाई आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याथ गरी हिरासतमा राखिएको हो । उनी समाचार संकलनकै अवस्थामा उनलाई गिरफ्तार गरिएको थियो । गणेश साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक हुन् ।
पत्रकार विकले जिल्ला स्थित विभिन्न स्थानीय निकायमा भएको भष्ट्रचार र अनियमितता बारे निरन्तर समाचार लेख्दै आइरहेका थिए । प्रकाशित समाचारबारे चित्ता नबुझे वा पीडित पक्षले कानूनी उपचारको बाटो अपनाउन चाहेको खण्डमा सरकारको आधिकारिक निकाय प्रेस काउन्सिल नेपाल अस्तित्व रहेकै अवस्थामा प्रहरीले गिरफ्तार गरेर कानून उल्लंघन गरेको भन्दै चौतर्फी विरौध जारी रहेको छ ।
तीन मजदुर नेतापनि हिरासतमै
अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासङ्घका केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा र महासचिव केशव बुढाथोकीलाई प्रहरी बृत्त सिंहदबारमा ल्याएको छ । १९ गते बेलुका ललितपुरको भैसेपाटि र नख्खुबाट पक्राउ परेका हुनिहरूलाई महानगरिय प्रहरी परिसर, टेकुमा राखिएकोमा आइतबार सिंहदरबार सािरएको हो ।

बुढाथोकीलाई ललितपुर महानगरपालिका –१८ नख्खुबाट र उपाध्यक्ष विकास थापालाई ललितपुर महानगरपालिका २५, भैंसेपाटी चोकबाट सङ्गठनको कामको सिलसिलामा बिहीबार गिरफ्तार गरेको हो ।

२०७५ पुस २४ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :