नेकपाका भेरी ब्युरो सदस्य योगीसहित ३ गिरफ्तार, नेकपाद्वारा भत्र्सना

भेरी : नेपाल कम्युनिस्ट पार्टीका भेरी ब्युरो सदस्य गोविन्द योगी, सुर्खेत जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष कमलसिंह बुढा र डोल्पा जिल्ला सदस्य तथा युवा संगठनका जिल्ला संयोजक भरत पहाडीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरुलाई संगठनको कामको शिलशीलामा पुस २२ गते सुर्खेतको विरेन्द्रनगर र डोल्पाबाट बिनाकारण गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी भेरीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका भेरी ब्युरो इन्चार्ज सितलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार परेकाहरुलाई झुट्ठा मुद्दा लगाउने प्रयास भएकोमा घोर भत्र्सना गरेका छन् ।

गिरफ्तार भएकाहरुलाई बिनासर्त रिहाइ नगरे चरणबद्ध संघर्षको कार्यक्रम अगाडी बढाउने चेतावनी समेत उनले दिए ।

२०७५ पुस २४ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :