हिमपातले हिमाली क्षेत्रको जनजीवन प्रभावित

काठमाडाैंकाे चन्द्रागीरीमा परेकाे हिउ

काठमाडौँ : आइतबारदेखि परेको हिमपातले हिमाली क्षेत्रका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । हिमपातको कारण उच्च हिमाली क्षेत्रको तापक्रप माइनस १५ भन्दा माथि पुगेपछि त्यसक्षेत्रका मानिसहरु घरबाहिर निस्कन सकिरहेका छैनन् ।

हिमपातले गर्दा पशुबस्तुहरु घरबाट बाहिर निकाल्न नसकेपछि घरभित्रै घाँसहालेर राख्ने गरिएको स्थानीयले बताएका छन् । जुम्ला, हुम्ला, मुगु लगायतका हिमाली जिल्लाहरुमा दुई फिटसम्म हिउँ जमेको छ । हिँउदेबाली छरेदेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेपछि दुःखी भएका त्यसक्षेत्रका किसानहरुलाई भने यो हिमपातले खुसी बनाएको छ ।

हिँउ परेपछि मात्र हिमाली भेगमा लगाइएको हिउदेबाली सप्रीने हुदा किसानहरु भने हिमपातपछि खुशी भएको बताइएको छ । हिमालमा हिमपात भएसँगै यता काडमाडौँ उपत्यकामा पनि यसपालीको पहिलो हिउदे वर्षा भएको छ । सोमबार बिहान काठमाडौँ उपत्यका लगायत अन्य केही पहाडी तथा तराईका जील्लाहरुमा पनि बर्षा भएको छ । सोमबार बिहान काठमाडौँको फुलचोकी, चन्द्रागीरी र नगरकोट क्षेत्रमा समेत हिउ परेको छ । मौसमविदहरुका अनुसार पश्चिमी वायुको प्रभावका कारण नेपालमा बर्षासँगै हिमपात भएको हाे ।

मौसमविदहरुका अनुसार दुई दिन देखी यहाँको आकाशमा बदली भइरहेको छ र यो प्रक्रिया केही दिनसम्म चल्ने सम्भावना छ । वायुको प्रभाव पश्चिमबाट पुर्वतिर सर्नेक्रम जारी छ ।

२०७५ पुस २३ सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :