अखिल(क्रान्तिकारी)सुर्खेत जिल्ला अध्यक्ष बुढासहित २ जना गिरफ्तार, रिहा गर्न सङ्गठनको माग

दाङ : अखिल (क्रान्तिकारी) का सुर्खेत जिल्ला अध्यक्ष कमलसिंह बुढालाई प्रहरीले आइतबार गिरफ्तार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला अध्यक्ष कमलसिंह बुढा र पार्टीका जिल्ला सदस्य गोविन्द योगीलाई बाटोमा हिडिरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ ।
यसैबीच अखिल (क्रान्तिकारी) भेरी ब्युरोले दुवै जनालाई तत्काल रिहाइ गर्न जोडदार माग गरेको छ ।
सङगठनका भेरी ब्युरो संयोजक पुष्पराज न्यौपानेले एक विज्ञप्ति जारी गरि बिना सर्त ससम्मान रिहाइ नगरे संघर्षमा जाने चेतावनी दिएका छन् ।

२०७५ पुस २३ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :