भ्रष्टचारीलाई क्रान्तिकारीले कारबाही गर्छ : ढकाल

काठमाडौँ  : नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको भ्रष्टचारको विरुद्धमा अखिल (क्रान्तिकारी)ले  आइतबार विरोध प्रदर्शन गरेको छ ।  उक्त विरोध सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष  चिरन्जीवी ढकालले भ्रष्टचारीलाई कारबाही राज्यले नगरे आफ्नो सङ्गठनले गर्ने बताएका छन् ।


वाइडबडी जहाज खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैया भ्रष्टचार भएको भन्दै संसदवादीहरुले वायुसेवा निगमलाई दुहुनु गाई बनाएको र बेलाबेलामा अरबौ भ्रष्टचारी गर्ने गरेको भन्दै जनताले राज्यलाई कर तिर्नुको औचित्य समाप्त भएको बताएका छन् ।

विरोध कार्यक्रममा सम्बोधन गर्दै सङ्गठनका महासचिव प्रकाश शाहीले जनता महँगीले उठ्न नसक्ने अवस्था रहेकाे र आम विद्यार्थीहरु बेरोजगारीको समस्याले आत्महत्या गर्नुपर्ने अवस्था रहेकाे तर राज्यमा बसेकाहरुले नै अरबौँ भ्रष्टचार गरिरहँदा हामी चुप लागेर नबस्ने बताएका छन् । उनले भ्रष्टचारीहरुलाई सडकमा ल्याएर फाँसि दिनुपर्ने अवस्था आएको बताएका छन् ।

उक्त कार्यक्रमको सञ्चालन सङ्गठनका कोषाध्यक्ष नरेन्द्र विकले गरेका थिए ।

२०७५ पुस २२ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :