नेकपा कैलालीले अभियानको समिक्षा गर्यो

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीको सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान यही पुस १५ गते देखि सुरु भएको लम्की चुवा नगरपालिका एरिया ६ को समीक्षा बैठक आइतबार सम्पन्न भएको छ ।
बैठकले अभियानको समीक्षा गर्दा अभियानको राम्रो प्रगती भएको विभिन्न जनवर्गीय, पार्टी समिति बनेकाे एकीकृत जनक्रान्तिको कार्यदिशा जनताको बिचमा लिन सफल भएको निस्कर्स निकालेको छ ।
एरिया सचिव भानुको अध्यक्षमा बसेको बैठकको प्रमुख अतिथि कैलाली जिल्ला इन्चार्ज विवेक गरेका थिए ।
जिल्ला इन्चार्ज विवेकले ‘अब पार्टीले राम्रो हाइट लिएको छ । दलालहरु यो देशबाट लखेटिदै छन् तपाइहरु ढुक्क भएर काममा लाग्नुहोस्’ भनेर निर्देशन दिएका थिए ।
बैठकमा नेकपा सेक्रेटरी जिल्ला प्रकाश, जिल्ला कार्यालय सचिव जगतले आतिथ्यता गरेका थिए ।

२०७५ पुस २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :