सडक सङ्घर्षमा होमियो क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ

   

 काठमाडौँ : योगदानमा आधारित सामाजिक सुरक्षा योजना जारी भइरहँदा मजदुरहरुमाथि भने थप अन्याय भएको भन्दै योजनाभित्रको मजदुर विरोधी प्रावधान विरुद्ध ब्यापक भण्डाफोर भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घको पूर्व घोषित कार्यक्रमअनुसार शनिबार मध्यान्ह १ बजे काठमाडौँको सुन्धाराबाट शुरु भएको विरोध ¥यालीमा श्रमिकहरु चर्का नारावाजी सहित प्रदर्शन शान्तिवाटिकामा पुगेर सभामा केन्द्रीकृत बन्न पुगेको थियो ।

नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासङ्घ उपत्यका ब्युरो आयोजक रहेको कार्यक्रममा मन्तव्य दिँदै, प्रमुख वक्ता तथा महासङ्घका केन्द्रीय कोषाध्यक्ष विनोद थापाले श्रमिक हरुका हकहितका कथित योजना अघि सार्ने सरकारले अमानविय ढंगबाट जनताको मौलिक हक विरुद्ध दमन सञ्चालन गरिरहेको बताएका थिए ।

सङ्गठनका विभिन्न नेता तथा कार्यकर्ताहरुलाई झुट्टा मुद्दामा गिरफ्तार गरिएको पछिल्लो प्रसङ्गमा उठाउँदै थापाले कथित कम्युनिस्ट सरकारसँग मजदुरहरुलाई आश्वास्त बन्न सक्ने आधार नभएको बताए ।

श्रमिकहरुले कथित सामाजिक सुरक्षा योजना माथि सङ्चित गर्ने योगदान माथि पारदर्शी विश्वशनियताको प्रश्न मुखी भएकोले मजदुरले उक्त योजना भित्रका मजदुर विरोधी प्रावधान विरुद्ध भण्डाफोर आवश्यक भएको उनले दाबी गरे ।
सबैखाले मजदुर हित विरोधी ऐनहरुलाई खारेज गर्न जोड दिँदै कोषाध्यक्ष विनोद थापाले सरकारको उक्त योजनामा श्रमिक हितको पक्षमा नहेको बताए ।

कार्यक्रमका आयोजक तथा महासङ्घका सचिवालय सदस्य शिशिर थापाको उद्घोषण रहेको कार्यक्रममा महासङ्घका विभिन्न नेता–कार्यकर्ताहरुको सहभगिता रहेको थियो । कार्यक्रममा राता झण्डासहित मजदुरहरुको भब्य सहभागिता रहेको थियो ।

२०७५ पुस २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :