सत्तारूड (नेकपा)का नेता-कार्यकर्ता २ दर्जन भन्दा बढी नेकपामा प्रवेश

कञ्चनपुर : कञ्चनपुरमा २ दर्जन भन्दा बढीको संख्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परीत्याग गरी जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । जिल्लाको कृष्णपुर, वेलौरी, वेल्डाँडी क्षेत्रवाट रमेश ओझा, जग्गु चौधरी, कमल साउँद, राम विक, डील्ली राज अवस्थी, विद्धीराम चौधरी, झङ्कबहादुर विक, दिपक साउँद, भोज अवस्थि, मानबहादुर विक, वास्मती चौधरी, सुर्य अवस्थि, चटक नेपाली, हरीराम दमाई, अमिट नेपाली, मदन नेपाली, चक्र व।लुहार, हिरादेवी गुरुङ, अनिता डगौरा, शर्मिला डगौरा लगायतका रहेका छन् ।

विगत लामो समय देखि क्रान्तिकारी राजनैतीक धु्रवीकरण अभियान सन्चालन गरीरहेको नेपाल कम्युनिस्ट पार्टी कन्चनपुरका इन्चार्ज अग्निले एक कार्यक्रमका विच नव प्रवेशिहरुलाई स्वागत गर्दै आमुल राजनैतीक परिवर्तनका लागि सम्पुर्ण देशभक्त राष्ट्रवादी आम श्रमजीवी जनता एक हुनु पर्ने बताका छन् ।

उनले अगाडी भने, ‘एकीकृत जनक्रान्तिको बाटो मार्फत् वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलन सङगसङगै अगाडी बढाइरहेका छौँ । महान सहिद भिमदत्तले झै जनताका दुश्मनहरुलाई जिउँदै वोरामा हालेर महाकालीमा हुर्याउने दिन धेरै टाढा छैनन् ।’

२०७५ पुस २१ गते शनिबार प्रकाशित
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :