वैद्यद्वारा कङ्साकारलाई कालाेमाेसो

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपालले नेपाल वायु सेवा निगमका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कङ्साकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको छ ।

भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल नेपाल वायु सेवा निगमको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा मुख्य भूमिका निभाएका भनिएका कङ्साकारलाई क्रान्तिकारी युवा लिगले कारबाही गरेको छ ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाधीनता, जनजीविका, भ्रष्टाचार विराेधी आन्दोलन तीव्र पारिरहेकाे बेला क्रान्तिकारी माओवादीले पनि भ्रष्टाचारीमाथि कारबाही गर्न थालेकाे छ ।   

२०७५ पुस २० गते  शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :