अखिल (क्रान्तिकारी) सर्लाहीको २०औँ सम्मेलन

 काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सर्लाही जिल्लाको २०औँ सम्मेलन लालबन्दीमा शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले २१ जना जिल्ला समिति चयन गरेको छ । विद्यार्थीका जिल्ला इन्चार्ज सन्जिब महतो रहेका छन् भने अध्यक्षमा सुमन अधिकारी रहेका छन् । कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल प्रमुख, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल विशेष, नेकपा केन्द्रीय सदस्य तथा मधेसी मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष देवनारायण शाह सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल, अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलगायत सम्बोधन अतिथिहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नयाँ शक्ति विद्यार्थी युनियन सबै जिल्ला समिति अखिल (क्रान्तिकारी) मा प्रवेश गरेको छ ।

२०७५ पुस २० गते  शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :