क्रान्तिकारी पत्रकार सङ्गठनका गणेश विक बझाङबाट गिरफ्तार, अध्यक्ष प्रकाश डुम्रेद्वारा तत्काल रिहाइको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालमा आस्थावान बझाङका पत्रकार एवम् साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक गणेश विकलाई आज प्रहरीले प्रकाउ गरेको छ । समाचार लेखेको विषयलाई लिएर पत्रकार विकलाई गिरफ्तार गरिएको हो ।

पत्रकार विकको रिहाईका लागि बझाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुराकानी भईरहेको संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् ।
पत्रकार विकले जिल्ला स्थित विभिन्न स्थानीय निकायमा भएको भष्ट्रचार र अनियमितता बारे निरन्तर समाचार लेख्दै आईरहेका थिए । भने हिजो दिउँसो घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔसधको कारोबार हुने गरेको तस्बिर सहितको समाचार प्रकाशित गरेका थिए । उनलाई प्रहरीले पुर्वाग्रही ढंगले गिरफ्तार गरेको सङ्गठनले दाबी गरेको छ ।

क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले गिरफ्तार परेका पत्रकार विकको तत्काल रिहाइको माग गरेका छन् । साथै राजनीति विचार र आस्थाका आधारमा राज्यले विभिन्न निउ बनाएर आफ्नो सङ्गठनप्रति गरेको हस्तक्षेपप्रति कडा आपत्ति प्रकट गरेका छन् ।

२०७५ पुस १९ गते  बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :