क्रान्तिकारी ट्रेड युनियन महासङ्घले पुस २१ गते विराेध प्रदर्शन तथा भण्डाफोर गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना भित्र मजदुर विरोधी प्रावधानविरुद्ध सशक्त भण्डाफोर गर्ने भएको छ ।

सरकारले हालै जारी गरि सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा योजना विनियमावली आवश्यक तयारी बिनै अघि सारिरहँदा, ब्यापक श्रमिक कटौतिको अवस्था निम्तिने विज्ञहरु बताउँछन् । उता अनौपचारिक क्षेत्रका बहुसंख्यक श्रमिकहरुलाई समेट्ने सामर्थ नरहेकोमा, श्रमिकहरुमाथि थप अन्याय हुन पुगेको सरोकारवाला ट्रेड युनियनहरुले बताइरहेका छन् ।

यहि पुस २१ शनिबार दिउँसो १ बजे, काठमाडौँको सुन्धाराबाट र्यालि सुरु हुने कार्यक्रम शान्तिवाटीमा आएर कोणसभामार्फत् मजदुरघात विरुद्ध भण्डाफोर गर्ने भएको  जानकारी मजदुर उपत्यका ब्युरो इन्चार्ज सिशिर थापाले दिएका छन् । कार्यक्रममा महासङ्घका विभिन्न मजदुर नेताहरुले सम्बोधन गर्ने आयोजकले दिएकाे छ ।

२०७५ पुस १९ गते  बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :