अखिल (क्रान्तिकारी) लमजुङको अध्यक्षमा शुनिल

लमजुङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लमजुङ जिल्लाको २१औँ सम्मेलन सम्पन्न भएको छ ।  सम्मेलनले शुनिल कुमालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल प्रमुख, नेकपाका जिल्ला इन्चार्ज निरु थापाको विशेष, अखिल (क्रान्तिकारी)की केन्द्रीय सचीव सन्तोसी भट्टराई, नेकपा लमजुङ सेक्रेटरी विनोद सोनाम, लमजुङ जनसरकार प्रमुख गौरव, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा गण्डक संयोजक मिलन राईको आतिथ्यतामा साे सम्मेलन सम्पन्न भएको हो । प्रमुख अतिथिलगायत वक्ताहरु नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन दिएका थिए ।

२०७५ पुस १९ गते  बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :