जिल्ला जनपरिषद चितवनको चेतावनी

चितवन : जिल्ला जनपरिषद चितवनले विवादित जग्गा नियन्त्रणमा लिएको छ । चितवनको भरतपुर महानगरपालिका ११ मा रहेको बेलमाया पोख्रेलको जग्गा देवराज थपलिया भन्ने ब्याक्तिले जालझेल गरि हडेप्न खोजेको भन्दै जिल्ला जनपरिषद चितवनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । जिल्ला जनपरिषदका प्रमुख रानिवले बिहीबार प्रकाशित गरेको उक्त विज्ञप्तिमा जग्गा किनबेच तथा कुनैपनि किसिमको रबैया नगर्न देबराज थपलियालाई चेतावनी दिएको छ । यदी अटेर गरे परिणामको भागिदार सम्बन्धित पिक्ष हुने जनाएको छ । उक्त घरमा जिल्ला जनपरिषदको चेतावनी स्वरुप ब्यानर पनि टाँस गरेको छ ।

२०७५ पुस १९ गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :