पत्रकार गणेश विक गिरफ्तार, क्रान्तिकारी पत्रकार सङ्गठनद्वारा रिहाइको माग (विज्ञप्ति सहित )

काठमाडौँ  : क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालमा आस्थावान बझाङका पत्रकार एवम् साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक गणेश विकलाई प्रहरीले प्रकाउ गरेको छ । समाचार लेखेको विषयलाई लिएर पत्रकार विकलाई गिरफ्तार गरिएको हो ।
पत्रकार विकको क्रान्तिकारी पत्रकार सङ्गठनले एक विज्ञप्ति सार्वजनिक गर्दै तत्काल रिहाइको माग गरेको छ ।
सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्धारा संयुक्ती हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालमा आस्थावान तथा संगठित सदस्य बझाङ्गका पत्रकार एवं साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक गणेश वि.क.लाई समाचार लेखेको विषयलाई लिएर आज अनलाईनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेृकोको प्रति हाम्रो संगठन क्रान्तिकारी पत्रकार संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । केही समय अगाडी अनलाईन साईपल पोष्ट डटकममा घुमुवा प्रहरीको मिलेमतोमा आगूऔषधको तस्करी हुने विषयको समाचार प्रकाशित भएपछि समाचारकै कारण उनलाई प्रहरी प्रशासनले नियोजित ढङ्गबाट पक्राउ गरेको छ, हाम्रो सङ्गठन पत्रकार गणेश वि.क.लाई तत्कालै विनासर्त रिहाइ गर्न जोडदार माग गर्दै समाचारसँग असहमति छन् भने सम्बन्धित ठाउँबाट निकास खोज्न समेत अनुरोध गर्दछौं ।’
केही समय अगाडी काठमाडौंबाट पोष्ट पाटी डटकम का पत्रकारलाई समेत यस्तै झुट्टो मुद्दा लगाएर १७ दिनसम्म हिरासतमा राखिएको घटना सेलाउन नपाउँदै पत्रकार फेरी अर्का पत्रकारलाई समाचार लेखेकै भरमा यसरी समातिनु आफैंमा आश्चर्यजनक र नियोजित घटना हो भएको भन्दै संगठनले आफ्नो संगठनमा आस्थावाना साथिहरुलाई यसरी पक्राउ गर्नु समग्र पत्रकारितामाथिको अंकुश भएको बताएको छ ।

 

२०७५ पुस २० गते शुक्रबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :