सयुक्त प्रेस विज्ञप्ति
आज मिति २०७४ जेठ २१ का दिन माडी नगरपालिका वडा नं. ६ रामराज्यपुरका दिपशिलाका एवं दिपीका परिवारको पोखरीमा डुबेर भएको भनिएको मृत्यू हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको प्रकृती हेर्दा (लासको) पानीमा ढुबेर मृत्यू भएको मान्न नसकिने देखिन्छ । मृतक बालिकाको शरीरमा देखिएको घाउ–चोट, योनीलागायत अंगबाट भएको रक्त श्राप शरीरमा पानीले फुलेको कुनै लक्षण देखा नपर्नु घट्ना अत्यन्तै घटाई पानीमा फालेको हो की भन्ने आसंकालाई बल पु¥याएको छ । लासको प्रकृती हेर्दा योङ हिंशा पश्चात हत्या गरिएको हुन सक्ने आसंका जन्माएको छ ।
हामी उक्त घटनाको सत्यतथ्य सबै आसंकाहरुलाई केन्द्रमा राखेर छानबिन गर्न माग गर्दछौँ । मृत्यू दुर्घटना मात्र नभएको खण्डमा दोसीलाई कानुनी दायरामा ल्याएर कडा कारबाहीको माग गर्दछौँ ।
सम्पूर्ण राजनीति, जनप्रतिनिधि, प्रहरी–प्रशासन, संघ–संघगठनहरु, अधिकारकर्मीहरु सबैमा घटना प्रति सम्वेदनशिल भई सक्रिया एवं सकरात्मक पहलको लागि आग्रह गर्दछौँ । मृतक दिपशिलाका र दिपीका प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा हार्दिक सम्वेदना प्रकट गर्दछौँ ।
………… …………….. ………… ……………
शुभलक्ष्मी खनाल बाबुराम प्यासी परिवार इस्मत सुनुवार अमित सापकोटा
अ.ने.म.(क्रान्तिकारी) नेपाल दलित मुक्ति मार्चा क्रान्तिकारी युवा लिग अखिल (क्रान्तिकारी)
चितवन जिल्ला अध्यक्ष चितवन जिल्ला अध्यक्ष जिल्ला सचिव चितवन जिल्ला अध्यक्ष चितवन