चन्द्रमामा चिनियाँ यान

काठमाडौँ : चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएको समाचार प्राप्त भएको छ ।
अचन्द्रमा हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ ।
चाँग इ—४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव—एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले उल्लेख छ ।
उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ । चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा उक्त यान पुगेको छ ।

२०७५ पुस १९ गते  बिहीबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :