ट्याक्सी मजदुर सङ्घले निकाल्यो ध्यानाकर्षण सहितको अपिल

काठमाडौँ : ट्याक्सी चालक मजदुरहरुले राज्यबाट आफुमाथी भएको दमनप्रति खेद व्यक्त गर्दै विज्ञप्तिमार्फत् सङ्घर्षमा उत्रन मजदुरलाई अपिल गरेको छ । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घका केन्द्रीय सदस्य समेत रहेका लालबहादुर तमाङले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

विज्ञप्तिमा जनाइएअनुसार, ‘दलालहरुले मात्र फाइदा लिने गैरन्यायिक मिटर प्रणालीअनुसार स्वरोजगारहरु मारमा परेका छन्, राज्य मुकदर्शक बनिरहेको छसयता ट्याक्सी मिटर निर्धारण गर्दा बजार महँगीलाई मतलव नै नगरी कायम गरिएको छ र मजदुरमाथी अन्याय हुन पुगेको छ ।’

दलाल, तस्कर र माफियाहरुले नियन्त्रणमा लिएको प्रणाली, मजदुरको दयनिय अवस्थामाथि राज्यले तत्काल पुनर्विचार नगरे स्वरोजगार र अन्य मजदुरहरु संघर्ष गर्न बाध्य हुने निचोड स्मरण गराउँदै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई अपिल गरिएको छ ।
अखिल नेपाल क्रान्तिकारी यातयात मजदुर सङ्घले राज्यका विभिन्न तहमा सम्बन्धित बिषयमा ज्ञापनसमेत दिएको जनाइएकाे छ।

२०७५ पुस १९ गते  बिहीबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :