झापामा अग्निपीडितको बिचल्ली, बस्ति हटाउने दाउमा नगरपालिका, नहटाउन नेकपाको चेतावनी

झापा : केहिदिनअघि झापाको काकडभिट्टा स्थित साठी बिघामा रहेको सुकुम्बासी बस्तिमा लागेको आगलागी घटनाले नयाँ मोड लिएको छ । मेचीनगर नगरपालिका ६, साठी बिघा स्थित गोसखानमा रहेको सुकुम्बासी बस्तीमा पुस १२ गते राति ८ बजेपछि भएको आगलागीबाट २२ वटा घर टहरा जलेर नष्ट भएको थियो भने करिब डेढ करोड बराबरको क्षति भएको थियो ।

उक्त आगलागि भएको जग्गा खालि गराउन नगरपालिकाले सुचना टाँस गरेको छ । नगरपालिकाले भौतिक संरचना निर्माण रोक्का राखि जग् संरक्षण गर्न भन्दै उक्त जग्गामा घर टहरा बनाउन नदिने, आफैले अस्थायी संरचना निर्माण गरि भाडामा लगाउने र पीडितले उक्त संरचनामा कुनै पनि दावि गर्न नपाउने निर्णय गरेको छ । यता नगरपालिकाले पीडितहरुलाई हालसम्म पनि उचित बसोबासको ब्यवस्थापनमा कुनै चासो नदेखाएको,सुकुम्बासी माथि निर्दयी बनेको पीडितहरुले गुनासो गरेका छन् ।

नगरपालिकाले सुकुम्बासी वस्तिमा आगलागि पश्चात् पीडितहरुलाई उचित बसोबासको ब्यबस्थापन गर्नुको सट्टा सुकुम्बासीप्रति सरकार क्रुर बनेको भन्दै विप्लव नेकपाले पनि विज्ञप्ति जारी गरेको छ । उक्त आगलागीको घटनालाईनै संकाको घेरामा राख्दै आगलागि कतै सुनिश्चित त थिएन भन्ने प्रश्न गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आगलागी भएको दिन अप्रत्याशित लोडसेडिङ गरिनु, पहिलेदेखिनै नगरपालिकाले बस्ति हटाउन प्रयास गर्नु, पाँच मिनेटको दुरिमा रहेको दमकल एक घण्टा भन्दा पछि घटनास्थल आइपुग्नु, आगलागी भएको एक हप्ता बितिसक्दा समेत नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सरोकारवाला निकायहरु पीडितको उद्दारमा उदाशिन देखिनुले घटना रहस्यमय भएको’ देखिएको छ ।

उक्त विज्ञप्तिमा नगरपालिकालाई पीडित सुकुम्बासीहरुमाथि दमन नगर्न र उचित ब्यवस्थापन गर्न माग गर्दै यदि नगरपालिका दमनको नितिमा उत्रिए आफ्नो पार्टी सुकुम्बासी जनताको हकहितका लागि रहेको बताउँदै नगरपालिकाले पीडितहरुको उचित तथा वैकल्पिक ब्यवस्थापन नगरिकन सुकुम्बासी बस्ति उठाउन थप प्रक्रिया अगाडि सारे आफ्नो पार्टी कडा र निर्मम ढंगले अगाडि बढ्ने जनाएको छ ।

२०७५ पुस १८ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :