सिलाइ मजदुर सङ्घको छैटौँ जिल्ला सम्मेलन

 

काठमाडाैँ : सिलाइ क्षेत्रमा रहेका श्रमिकहरूका पक्षमा काम गर्ने मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी सिलाइ मजदुर सङ्घ काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न भएको छ । चारमहिने अभियान सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको सिलसिलामा उक्त जिल्ला सम्मेलन सम्पन्न गरिएको हो ।

सम्मेलनले आशीषलाई अध्यक्षमा निर्वाचित गर्दै १३ सदस्यीय काठमाडौँ जिल्ला समिति निर्माण गरेको छ भने बैठकले चार सदस्य पछि थप गर्ने निर्णय गरेको छ । नवनिर्वाचित जिल्ला समितिलाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्का केन्द्रीय सचिवालय सदस्य शिशिर थापाले कार्यकाल सफलताको बधाई तथा शुभकामना दिएका थिए । सम्मेलनका अन्य अतिथिमा नारायण तोलाङ्गे र शिव रहेका थिए ।

सिलाइ मजदुर सङ्घले हाल सिलाइ क्षेत्रमा व्याप्त न्यून ज्यालादारी, गैरन्यायिक पिसरेट प्रणाली र श्रमशोषणको मारमा श्रमिक श्रम सम्बन्ध कायम भएकोप्रति चिन्ता व्यक्त गरेको छ । साथै श्रम नियमावली ०७५ तत्काल लागू गर्न र आवश्यकताअनुसार रोजगार सम्झौता सम्पन्न गरी संविधानप्रदत्त ट्रेड युनियन हकको प्रत्याभूति दिलाउन सम्बन्धित क्षेत्रमा दबाब दिँदै सङ्घर्ष सञ्चालन गरिरहेको छ ।

सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा व्यवसायीले उदासीनता देखाएको, व्यवसायजन्य सुरक्षाको विषयलाई रोजगारदाता पक्षबाट बेवास्ता गरेको र यसबाट सिलाइ मजदुरहरूको हित एजेन्डा नै प्रभावित बन्न पुगेको सम्मेलनका सहभागीहरू बताए छन् ।

यसैबीच सङ्घसंस्था काठमाडौँको छैटौँ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विनोद श्रीपालीको अध्यक्षतामा ६ सदस्य थप गर्ने गरी १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । उपाध्यक्ष महेन्द्र, सचिव अनिता नेपाली, कोषाध्यक्ष कमल बस्सेल र सदस्यमा उमेश पाण्डे, चन्द्रबहादुर लामा, इमरान मिया, पशुपति पौडेल, राम घितानलगायत छन् ।

काठमाडाैँमा सम्पन्न उक्त सम्मेलनमा शिशिर थापा, काठमाडौँ जिल्ला महासङ्घका अध्यक्ष नारन तोलाङ्गी र सङ्घका केन्द्रीय अध्यक्ष ईश्वरलगायत सहभागी थिए । सम्मेलनलगत्तै बसेको बैठकले सङ्गठन विस्तार गर्र्ने र सङ्घर्षका केन्द्रित निर्णय गरेको छ ।

२०७५ पुस १८ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :