अपराधीहरूलाई कारबाही गर

doramba1
पुष्पकमल दाहालले जनयुद्ध समाप्त भएको घोषणा गरेको एक दशक बितेको छ । यो एक दशकमा दाहालले त वर्गसङ्घर्षको कठिन र गौरवशाली यात्राबाट ‘यु टर्न’ गरिसकेका छन् । महान् जनयुद्धका क्रममा प्रतिक्रियावदी शासनसत्ता ध्वस्त पार्न मालेमामावादी उच्च चेतनाले ओतप्रोत भएर त्याग, शौर्य, विवेक प्रदर्शन गरी उच्च बलिदान गर्ने योद्धाहरूको समर्पण र बहादुरीको प्रशंसा सामान्य शब्दबाट अभिव्यक्त गर्न सम्भव छैन । वीर अग्रजहरूले आफूलाई युद्धमा होमेर देखाएको उच्च त्यागकै कारण समाजको दमित–उत्पीडित वर्गले
आज आफूमाथिको विभेदका विरुद्ध सङ्गठित भएर वर्गसङ्घर्षमा होमिने कलाको विकास गरेको छ । यो एउटा महत्वपूर्ण उपलब्धि हो । 
महान् जनयुद्धका क्रममा हजारौँ वीरवीराङ्गनाले आफ्नो व्यक्तिगत स्वार्थको तिलाञ्जली दिएका छन् । ती अग्रजहरूले जनयुद्धमा देखाएको उच्च र उदात्त भाव नै हाज हाम्रा लागि निरन्तर र सम्झौताहीन सङ्घर्षमा अघि बढ्ने प्रेरणा  र ऊर्जा बनेको छ । हामी ती महान् अग्रजहरूको उच्च बलिदानप्रति गौरव गर्दै  रातो सलाम अर्पण गर्छौं ।

त्यसैगरी हजारौँ योद्धाले जनयुद्धमा बेपत्ता भएर पनि ऊर्जा थप्नुभएको छ भने कयौँले अङ्गभङ्ग र घाइते भएर पनि त्याग र समर्पण
गर्नुभएको छ । यी सबै हाम्रा लागि गौरव गर्नलायक परिघटनाहरू हुन् । वर्गसङ्घर्षका क्रममा तत्कालीन आततायी राज्यसत्ताले देशैभरि
हत्याअभियान सञ्चालन ग¥यो । देशैभर छलकपट र षड्यन्त्र गरी निर्दोष र निहत्था जनतालाई माओवादीको आरोप लगाउँदै अकारण क्रूरतापूर्वक यातना दियो, हत्या ग¥यो । माओवादी नेता, कार्यकर्ता, शुभचिन्त्क र समर्थकलाई लडाइँमा सामेल नभएको अवस्थामा घरभित्रबाटै, जेलहिरासत वा हिँड्दाहिँड्दै घेरा हालेर मुठभेटको झूट्टा बहाना बनाएर हत्या ग¥यो । यस्ता सयौँ–हजारौँ  एकल र सामूहिक बर्बर हत्याकाण्ड मच्चाएर शाहीसत्ता जनताको आक्रोश र आक्रमणको भागीदार पनि बन्यो । अनेकोट, खारा, दोरम्बा, चुचुरे गज्र्याङ, देउराली, धुझर्ना, भैरवनाथ गणकाण्ड यस्तै क्रूर र बीभत्स सामूहिक नरसंहार हुन् । यी हत्याकाण्डहरूमा सयौँ मात्र होइन, हजारौँ निर्दोष जनता, नेता र
कार्यकर्ताले आफ्नो सुन्दर जीवन गुमाउनुप¥यो ।
विडम्बना ! जनयुद्ध समाप्त भएको घोषणा गरेर शान्तिप्रक्रियामा गएको पनि दस वर्ष नाघिसकेको छ । यसपछि जनयुद्धकै बाटोबाट आएका पुष्पकमल  दाहाल दुईपटक र बाबुराम भट्टराई एकपटक प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गरिसकेका छन् । दुःखको कुरा, जनयुद्धमा बलिदान गर्ने योद्धाहरूलाई सहिद घोषणा गर्ने र जनतामाथि षड्यन्त्र गरी नरसंहार मच्चाउने अपराधीहरूमाथि कारबाही गर्ने कुरा  किंवदन्तीजस्तै बन्दै गएका छन् । अपराधीहरूमाथि कारबाही नहुँदा र उनीहरू फुली थप्दै खुलेआम हिँड्दा बलिदान गर्ने योद्धाहरूका परिवार 
र पार्टी÷सङ्गठनहरूले चाहिँ अपराधीजस्तो बन्नुपर्ने अवस्था उत्पन्न हुँदै गएको छ । क्रमशः सत्तामा भएको प्रतिक्रान्ति र प्रतिक्रियावादीकरणले हिजो त्याग,समर्पण गरेर उच्च शौर्यका साथ बलिदान गर्ने योद्धाका परिवारहरूमा निराशा
र आक्रोश बढ्दै गएको छ । हामी जनयुद्धमा बलिदान गर्ने सबै योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न, परिवारलाई राज्यका तर्फबाट उपलब्ध गराउनुपर्ने सम्मान÷सुविधा तत्काल घोषणा गरी कार्यान्वयन गर्न दाहाल सरकारसँग जोडदार माग गर्छौं र षड्यन्त्रपूर्ण हत्याका आदेशकर्ता, नेतृत्वकर्तामाथि तत्काल कारबाही गरेर जनतालाई थोरै भए पनि राहत दिन आग्रह गर्छौं ।
तत्कालीन राज्यसत्ताले जनता र जनयुद्धरत पार्टीका नेता–कार्यकर्तामाथि गरेको बर्बर दमन, क्रूरता र षड्यन्त्रको पराकाष्टाका रूपमा रहेको एउटा घटना दोरम्बा हत्याकाण्डको चौधौँ स्मृति दिवस हिजो मात्र मनाइएको छ । दोरम्बा डाँडाकटेरी, दोरम्बा बजारदेखि काठमाडौँसम्म आयोजित स्मृति दिवसमा सहभागी सहिद परिवारको एउटै र जोडदार माग छ– दोरम्बा नरसंहारमा बलिदान गर्ने बाबु®ाम लामा ‘पुष्प’, अम्बिका दाहाल ‘ललिका’, प्रदीप दोङ ‘®क्तिम’, उमा कार्की ‘सहा®ा’, पदम®ाज गि®ी, सानो®ाम योञ्जन तामाङ ‘ता®ा’, ठूलो®ाम तामाङ  ‘छोप्पा’, लक्षुमन तामाङ, युव®ाज मोक्तान, लीला मोक्तान, चतु®मान थामी,सोमाई थामी ‘सङ्गीता’, टेकबहादु® थापामग® ‘विवेक’, विष्णु थापामग® ‘बिमा’, श्याम तामाङ ‘इन्क्लाब’ हर्क घिसिङ ‘यथार्थ’, ®वि चौहान ‘समी®’, हर्कलक्ष्मी ®ाई
‘विमला’, उषा, जमिन ® सोमप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उक्त नरसंहारको नेतृत्व गर्ने तत्कालीन शाही सत्ताका अगुवा, सूर्यबहादुर थापा सरकारका मतियार, शाही मेजर राममणि पोखरेरलगायत सम्पूर्ण अपराधीमाथि सशक्त कारबाही हुनुपर्छ ।

doramda

हामी पनि अपराधीहरूमाथि कारबाही गर्न, सहिदहरूको सम्मान गर्न र राहत–सेवा प्रदान गरी सहिद परिवारको आहत हृदयलाई थोरै भए पनि शान्त पार्न दाहाल सरकारसँग जोडदार माग गर्दछौँ । हामीले के कुरा भन्न र स्वीकार्न गारो मान्नु हुँदैन भने हिजो जनयुद्धको नेतृत्व
गरेका प्रचण्डमा वैचारिक पलायन भइसकेको छ र उनी वर्गसङ्घर्षको कठिन बाटो परित्याग गर्दै वर्गसमन्वयवादी संसद्वादी आहालमा चुर्लुम्म डुबिसकेका छन् । त्यसैले उनी फेरि पुष्पकमल दाहाल बनेका छन् । बाबुरामले त कम्युनिस्ट नामसम्म परित्याग गरिसकेका छन् । उनीहरूलाई अब क्रमशः जनयुद्ध, त्यसमा   जनताले देखाएको त्याग, समर्पण, शौर्य र बलिदानप्रतिको गौरवबोध पनि क्रमशः घट्दै शून्यमा झर्दै गएको छ । तत्कालीन झापाली समूहले झापा विद्रोहप्रति पश्चाताप र प्रायश्चित गरेजस्तै एक दिन यो समूहले पनि पूर्णतः दलाली र
गद्दारीको बाटो रोज्ने कुरामा दुईमत छैन । तैपनि दाहालले माओवादीकै नामबाट संसद्वादी सरकारको नेतृत्व गरिरहेकाले यतिबेलासम्म उनीभित्र सामान्य  इमानदारी र नैतिकता बचेको छ भने उनले दोरम्बा नरसंहारका योजनाकार  र त्यसको नेतृत्वकर्तालाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

प्रतिक्रियावादी सत्ताले जनयुद्धकालीन मुद्दाहरू ब्युँताएर इमानदार नेता र कार्यकर्ताहरूको गर्धनमा खुकुरी तेस्र्याइरहेको समयमा दाहालले त्यो अवस्थाबाट माओवादीलाई मुक्ति दिन सक्लान् ? यो त उनका आगामी गतिविधिले देखाउला नै तर कम्तीमा उनले जनयुद्धकालमा देशभर सत्ताबाट भएका कुख्यात नरसंहारका दोषीलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । अन्यथा उनलाई इतिहासले माफी दिनेछैन ।
जनताले पूर्ण रूपमा न्याय प्राप्त गर्न भने एकीकृत जनक्रान्तिको यात्रा तय गरी यसलाई पूर्ण गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :