माकेमा मृतक पनि केन्द्रमा

माओवादी केन्द्रमा केन्द्रीय सदस्य थप्दै जाँदा एकजना मृतक पनि केन्द्रीय समितिमा थपिएका छन् । प्रचण्डको आँखामा परेका तर एक वर्ष अगाडि मृत्यु भैसकेको थाहा नपाएका प्रचण्डले बैठकपछि साथीहरुलाई सम्झाएर अनुमोदन गराउँला भनी टाइपिस्टलाई सिधै नाम थप्न लगाएको पेरिसडाँडा स्रोतले बतायो ।ucpnm

नेकपा (माओवादी केन्द्र मा २५ सय जना पु¥याउने भित्री सहमति भैसकेको बताइन्छ । शुक्रबारमात्र ६ सय थपेर २१ सय पुर्याउने निर्णय भैसकेको छ । पुसमा गर्ने भनिएको माकेको महाधिवेशन आन्तरिक किचलोका कारण स्थगित गरी चैत्रमा सार्ने तयारी भैरहेको स्रोतको दाबी छ ।

चैत्रमा सरकार बदल्ने खेल र निर्वाचनका कारण चैत्रमा गर्ने भनिए पनि यो वर्ष माकेको निर्धारित अधिवेशन नहुने देखिन्छ । पार्टी गठनलाई भीडमा बदल्ने,पद बाँडेर संगठन नियन्त्रण गर्ने संसदीय दृष्टिकोण अनुसार प्रचण्डले पद थप्ने र बाँड्ने गरिरहने छन् एकजना
माके नेताले भने । संगठनलाई भीडमा बदल्दा आफूखुशी निर्णय गर्न सजिलो हुने प्रचण्डको बुझाइ देखिन्छ ।
त्यसैले निकट भविश्यमा माकेमा अझै थपिने छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :