किन घटेन ग्यास र पेर्टोलको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा कैयौं पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा इन्धन तथा ग्याँसको मूल्य घटाइएको छैन । नेपाल आयल निगमले घाटा पूर्ति गर्न भनी लामो समयसम्म तेलको मूल्य घटाएको थिएन ।165028-1-Earn-money
हाल निगम नाफामा गएको समयमा भारतमा भन्दा सस्तो भएपछि भारततर्फ तस्करी हुने लज्जास्पद तर्क गरेर उपभोक्ता ठगी गरिरहेको छ । तस्करी रोक्ने दायित्व सरकारको हो; त्यो बहानामा उपभोक्ता ठग्न पाइन्न । उता  पाल ग्याँस बिक्रेता महासंघका प्रतिनिधिहरुले विहीबार प्रम प्रचण्डसँगको भेटमा इन्धनको मूल्य घटाउन माग गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ४१ डलरमा झरिसकेको छ । हरेक सिलिण्डर ग्याँसमा आयल निगमले १११.७० रुपैयाँ र थोक बिक्रेताले २३२.५० रुपैयाँ नाफा खाने गरेका छन् ।

ग्याँस उपभोक्तासँग सिलिण्डर प्रयोग गरेवापत धरौटी रकम लिइन्छ । तर धरौटीको नाममा व्यवहारमा भने बिक्री गरेसरह छ । किन की धरौटी फिर्ता गरिन्न । नेपाल आयल निगमले हाल प्रतिमहिना १९ करोड ६० लाख नाफा कमाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :